Category

राष्ट्रिय समाचार

महानगरका विभागीय प्रमुखहरुसँग प्रमुख प्रशासकीय अधिकृतको कार्य सम्पादन सम्झौता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले विभाग, आयोजना, एकाई सचिवालय प्रमुखहरुसँग कार्य सम्पादन सम्झौता गरेका छन् । काठमाडौँ प्लाजाको सभा कक्षमा आर्थिक बर्ष २०८३/०८४ का लागि तर्जुमा भएका योजना कार्यान्वयनको प्रतिवद्धतासहित सम्झौता भएको हो । स्थानीय सरकारको कार्यशैलीलाई थप जिम्मेवार, पारदर्शी र नतिजामुखी बनाउनु सम्झौताको उद्देश्य हो ।  गएको असार महिनामा...

काठमाडौँ महानगरका ४८१ शिक्षक तथा कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत ४८१ शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय गरेको छ । महानगरपालिकाको ५६औँ कार्यपालिका बैठकले नेपाल भाषा प्रशिक्षण सहायक १७२, तामाङ भाषा प्रशिक्षण सहायक १, प्राविधिक धारका शिक्षक १६, प्रशिक्षक ३२, सहायक प्रशिक्षक १६, विद्यालय सहायक १, आया ८७, प्रारम्भिक बाल विकास शिक्षक १२३ र विद्यालय नर्स ३३ जनालाई सामाजिक...

गरिमा चौधरीलाई न्याय दिन माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । बारामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । प्रदर्शनमा सहभागीहरूले बालिकामाथि भएको जघन्य अपराधको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । साथै उनीहरुले बलात्कारीलाई फाँसी हुने कानुन बनाउन समेत माग गरेका छन् । प्रदर्शनकारीहरूले बालबालिका तथा...

काठमाडौँको बाँसबारीमा वर्षाका कारण साढे दुईतले घर भासियो

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३ बाँसबारीमा गएराति करिब ८ बजे वर्षाका कारण साढे दुईतले घर भासिएको छ ।

उक्त घरमा न्यु गण्डकी अतिथिगृह सञ्चालनमा रहेको थियो । घर भासिए पनि त्यसबेला भवनमा कोही नरहेकाले मानवीय क्षति नभएको जनाइएको प्रहरीले जनाएको छ ।

Post Views: 100 55

दाङमा यात्रुबाहक गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

दाङ । दाङको राप्ती गाउँपालिका–१, माथिल्लो भालुवाङस्थित पेट्रोल पम्प नजिकै भालुवाङ–प्युठान पक्की सडकखण्डमा यात्रुबाहक ईभी गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। भालुवाङबाट प्युठानतर्फ जाँदै गरेको जिल्ला प्युठान, स्वर्गद्वारी नगरपालिका–२ निवासी २२ वर्षीय लक्ष्मण पुनले चलाएको लु.प्र.०२–००१ ज ०१०८ नम्बरको ईभी गाडीले लापेबाट भालुवाङतर्फ आउँदै गरेको जिल्ला...

रौतहटमा डरलाग्दो तथ्यांकः एक वर्षमा १६३ जनाले गरे आत्महत्या, १६ वर्षमुनिका ३२ जना

सञ्जय मिश्रारौतहट, ४ भदौ।  रौतहटमा आत्महत्याको अवस्था पछिल्लो समय चिन्ताजनक बन्दै गएको देखिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको आर्थिक वर्ष २०८२÷८३ को तथ्यांकअनुसार एक वर्षको अवधिमा जिल्लामा १६३ जनाले आत्महत्या गरेका छन्। यो तथ्यांकले औसतमा हरेक दुई–तीन दिनमा जिल्लामा आत्महत्याको एउटा घटना हुने गरेको देखाउँछ। प्रहरीको तथ्यांकअनुसार आत्महत्या गर्नेमा झुण्डिएर मृत्यु रोज्नेको संख्या सबैभन्दा...

दुई दिनदेखि हराएका साढे दुई वर्षीय बालकको सामुदायिक वनबाट सकुशल उद्धार

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई वर्षीय बालकलाई दुई दिनपछि सामुदायिक वनबाट सकुशल उद्धार गरिएको छ । भदौ २ गते बिहान करिब ७ बजे भागर निवासी हेमकुमारी आले घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन् । उनी घर फर्किँदा उनका नाति साढे दुई वर्षीय शिवान तामाङ घरमा नभएको पाइएको थियो । स्थानीय बासिन्दा तथा छरछिमेकीले वन क्षेत्रमा...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ३ को मृत्यु, ९१ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा ९१ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २४ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १६ जना घाइते भएका छन् । त्यस्तै...

झुटा विवरण पेस गरी शिक्षक नियुक्ति लिएको आरोपमा दुई जनाविरुद्ध मुद्दा

काठमाडौँ । लमजुङको सुन्दरबजार नगरपालिकास्थित आदर्श बाल माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नवराज केसीले झुटा विवरण पेस गरी माध्यमिक तहको स्थायी नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार केसीले यसअघि माध्यमिक तहको अस्थायी शिक्षक पदबाट राजीनामा दिएर प्राथमिक तहमा स्थायी नियुक्ति लिएका थिए । तर, शिक्षक सेवा आयोगले अस्थायी...

सार्वजनिक यातायातको जानकारी दिने ‘केटीएम एप’ सञ्चालनमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको स्थान र आफूले पर्खिरहेको ठाउँमा आइपुग्न लाग्ने समयबारे जानकारी दिने ‘केटीएम सार्वजनिक यातायात’ मोबाइल एप सञ्चालनमा ल्याइएको छ । संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को तेस्रो बैठकमा परिषद्का अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले एप सार्वजनिक गरेकी हुन् । एपमार्फत हाल जीपीएस जडान भएका करिब...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।