Category

राष्ट्रिय समाचार

बाढी प्रभावित जिल्लामा उद्धार तीव्र, यी आपतकालीन नम्बरमा सम्पर्क गर्न सकिने

काठमाडौँ । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आज बिहान आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्ला प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा विपद्मा परेका नागरिकको खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ । विपद् व्यवस्थापन प्राधिकरणले खोज तथा उद्धार कार्यमा वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघ तथा हेलिकोप्टर र ड्रोनसँग सम्बन्धित सबै संघसंस्थालाई सम्बन्धित जिल्ला प्रशासन...

भोटेकोशी बाढी: मैलुङ पाखाको ओडारमा फसेका ८ जनाबाट उद्धारको अपिल

रसुवा । भोटेकोशीको बाढीपछि ओडारमा फसेका ८ जना स्थानीय मैलुङमाथिको पाखामा बसेर ज्यान जोगाएको भन्दै उद्धारका लागि आग्रह गरेका छन् । उक्त क्षेत्रमा फसेकामध्ये एक अर्जुन न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन् । उनले भनेका छन्- ‘हामी ८ जना अहिले मैलुङमाथि पाखाको ओडारमा छौं । फोन उठाउन सकिन्न । कृपया धेरै साथीलाई बगायो । ३०० माथि फसिरहेको देखिरहेका छौँ । राज्यले हेलिकोप्टरबाट...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै, नदीबाट टाढा रहन आग्रह

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा खुलिनसकेको जनाएको छ । भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा जोखिम कायमै रहेकाले अर्को सूचना जारी नभएसम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहन महाशाखाले आग्रह गरेको छ । महाशाखाले नदीको बहावमा पुनः वृद्धि हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन...

देवघाटमा दिउँसो साढे ३ बजे बाढीको बहाव पुग्ने अनुमान

चितवन । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीको बहाव आज दिउँसो करिब साढे ३ बजे देवघाट आइपुग्ने अनुमान गरिएको छ । देवघाटस्थित बाढी मापन केन्द्रमा हाल पानीको सतह ४.७६ मिटर रहेको छ। प्रारम्भिक अनुमानअनुसार बाढीको बहाव आइपुगेपछि पानीको सतहमा करिब ३ मिटरले वृद्धि हुन सक्ने जनाइएको छ । यसअनुसार देवघाटमा पानीको सतह करिब ८ मिटर पुग्न सक्ने र यो २ देखि ३ वर्षमा एकपटक दोहोरिन सक्ने प्रकृतिको बाढी हुने अनुमान...

धादिङबेंसी जाने त्रिशूलीमाथिको पुल बगायो

धादिङ । चीनबाट त्रिशूली नदीमा आएको बाढीले धादिङमा पनि ठुलो क्षति भएको छ । धादिङबेंसी जाने त्रिशूलीमाथिको पुल बाढीले बगाएको छ । फुर्केखोला-परेवाटार जोड्ने पक्की पुल बगाएपछि धादिङबेंसी जाने सहज सम्पर्क टुटेको हो ।  त्यस्तै पक्की पुलहरू बगाएको छ भने विभिन्न बस्तीमा बाढी बसेको छ । प्रशासनले सतर्कता अपनाउन आग्रह गर्दै जोखिममा रहेका बस्ति सार्न लागिएको बताएको छ ।   Post Views: 100...

भोटेकोशी बाढीपछि उद्धार शुरु, १२ हेलिकप्टर परिचालन

काठमाडौँ । भोटेकोशी नदी रसुवाका बाढपीडितको उद्धार शुरु भएको छ । नेपाली सेनाका अनुसार हालसम्म १२ जनाको उद्धार भइसकेको छ । जसमा सेनाको हेलिकप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ र मैलुङबाट २ र धुन्चेबाट ४ गरी हालसम्म १२ जनाको उद्धार भएको हो । उक्त इलाकामा नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी जम्मा १२ वटा हेलिकोप्टर उद्धार कार्यमा खटिएका छन् । यसका साथै नेपाली सेनाको मेडिकल टिमद्वारा त्रिशूलीस्थित सैन्य...

बाढी प्रभावित क्षेत्रमा टेलिकमको टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क

काठमाडौँ । नेपाल टेलिकमले भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि निःशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको थियो । नेपाल टेलिकमले सो क्षेत्रका बासिन्दालाई हालका लागि दुई दिनसम्म अनलिमिटेड भ्वाइस सेवा...

भोटेकोशी बाढीका कारण ४३० मेगावाट बिजुली प्रणालीबाट बाहिरियो

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण ११ वटा जलविद्युत् आयोजना र २५ मेगावाट क्षमताको सौर्य आयोजना गरी कुल ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ । बाढीका कारण ४०५ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन् । यससँगै २५ मेगावाट क्षमताको सौर्य आयोजना पनि प्रणालीबाट बाहिरिएको जनाइएको छ । बाढीबाट प्रभावित आयोजनाको अवस्था तथा विद्युत् उत्पादनमा परेको प्रभावबारे...

भोटेकोशी बाढी: त्रिशूली तटीय क्षेत्र खाली गर्न आग्रह

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढी धादिङको गल्छी आसपास पुगेको छ । अबको केही घण्टामा बाढी मुग्लिन पार गर्ने क्रममा रहेकाले त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्र खाली गरी सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले पृथ्वी राजमार्ग, मुग्लिन–नारायणघाट सडक तथा त्रिशूली नदीको छेउछाउमा रहेका बस्ती र बजार क्षेत्रमा उच्च...

भोटेकोशीमा बाढीपछि धादिङ प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह

धादिङ । चीनको तिब्बतबाट नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा आकस्मिक बाढी आएको सूचना प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । रसुवा जिल्ला प्रशासन कार्यालयबाट भोटेकोशी नदीमा आकस्मिक बाढी आएको सूचना प्राप्त भएको जनाउँदै धादिङ प्रशासनले त्रिशूली नदीको बहाव बढ्न सक्ने र विपद्को जोखिम हुनसक्ने भएकाले नदीमा माछा मार्ने तथा अन्य काम...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।