Category

राष्ट्रिय समाचार

दक्षिण कोरियाबाट ४४ सदस्यीय विशेष उद्धार टिम आइपुग्यो

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोमा बेपत्ता भएका नौ कोरियाली नागरिकसहित अन्यको खोजीका लागि दक्षिण कोरियाले विशेष उद्धार टोली नेपाल पठाएको छ । ४४ सदस्यीय कोरियाली विपद् उद्धार टोली बुधबार काठमाडौं आइपुगेको हो । टोलीमा परराष्ट्र मन्त्रालय, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग र अग्नि उद्धार अधिकारीहरू सहभागी छन् । टोलीले नेपाली अधिकारीसँग सहकार्य गर्दै करिब १० दिन खोज तथा उद्धार अभियान...

नागढुंगा-नौबिसे सडक भासियो, यातायात एकतर्फी

काठमाडौं । राजधानी प्रवेश गर्ने नागढुंगा–नौबिसे सडक खण्डअन्तर्गत पातले वन क्षेत्रमा सडक भासिएपछि यातायात प्रभावित भएको छ । सडक भासिएपछि उक्त खण्डमा एकतर्फी यातायात सञ्चालन गरिएको छ । हाल पेट्रोलियम पदार्थ बोकेका ट्यांकरलाई मात्र उक्त मार्गबाट चल्न दिइएको र अन्य सवारीसाधनलाई सुरुङमार्गबाट पठाउने तयारी भइरहेको सडक विभागले जनाएको छ । सडक विभागका अनुसार पुरानो पर्खाल भत्किएका कारण सडक भासिएको हुन...

बेंसीसहर-चामे सडक अवरुद्ध

लमजुङ । बेंसीसहर नगरपालिका–६ खरखरेभिरमा पहिरो खस्दा बेंसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । अविरल वर्षापछि गएराति पहिरो खसेपछि मनाङ जोड्ने मुख्य सडक बन्द भएको हो । बेंसीसहरदेखि करिब साढे ३ किलोमिटर दूरीमा सडक अवरुद्ध हुँदा मनाङ तथा मर्स्याङ्दी गाउँपालिकातर्फ जाने सवारीसाधन बाटोमै रोकिएका छन् । प्रहरीले लोडर र एक्साभेटर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको जानकारी दिएको छ । सडक खुलाउन समय...

घुस लिएको आरोपमा कागेश्वरी मनोहराका इन्जिनियरसहित दुई जना पक्राउ

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसहित दुई जना घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर कार्कीले संरचनाको विश्लेषणसम्बन्धी काम स्वीकृत गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो । उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले कार्की र घुस रकम लिने मध्यस्थको भूमिकामा रहेकी आस्मा...

रौतहटमा राधाकृष्ण मन्दिर निर्माणमा अनियमितता, पाँच जनाविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको परोहा नगरपालिका–९ स्थित राधाकृष्ण मन्दिरको अधुरो भवन निर्माणमा ६ लाख ८० हजार ५९२ रुपैयाँ अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार आर्थिक वर्ष २०८१/८२ मा पर्यटन विकास कार्यालय, गौरबाट ‘रामपुर पोखरीको डिलमा अधुरो शिवनाथ भवन निर्माण, भैरवनाथ मन्दिर निर्माण र राधाकृष्ण मन्दिरको अधुरो भवन निर्माण’...

भोटेकोशी बाढी अपडेट: हालसम्म १ हजार ५६ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो २ बजे म्म १ हजार ५६ जनाको शव फेला परेको छ ।  जसमध्ये रसुवामा ३८ जना, नुवाकोटमा १ सय ५१ जना, धादिङमा ५७ जना, चितवनमा ३२१ जना, गोरखामा ६५ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २१६ जना, नवलपरासी पश्‍चिम १६५ जना र भारतमा ५ जना गरी १ हजार ५६ जनाको शव फेला परेको हो । फेला परेको शवहरू मध्ये ९७२ को लाशजाँच मुचुल्का सम्पन्न भएको...

बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका १० स्थित बेत्रावतीमा २४ जनाको शव फेला परेको घर  बच्चुराम अवस्थीको भएको खुलेको छ । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्दार कार्यको लागि नेपाल प्रहरीले ड्रोन क्यामेराको सहयोगमा काम शव खोजी रहेको अवस्थामा प्रहरीको ड्रोनले एक शव देखेपछि सो घरमा पुगेको थियो । ड्रोनको क्यामेरामा कैद भएको विवरणको आधारमा प्रहरीको उद्दार तथा खोज टोली...

शव पहिचानका लागि चीनले नेपालमा डीएनए विज्ञ पठाउने

काठमाडौँ । चीनले बाढी तथा पहिरोमा मृत्यु भएकाहरूको शव पहिचानका लागि नेपालमा डीएनए पहिचान विज्ञ पठाउने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ चियाकुनले मंगलबार नियमित पत्रकार सम्मेलनमा नेपाललाई तत्काल आवश्यक पर्ने डीएनए परीक्षण उपकरण, ड्रोन, पानी शुद्धीकरण उपकरणलगायत सामग्रीसमेत पठाउने जानकारी दिएका छन् । बाढीपछि नदीमा धेरै दिन बितेका शवको अवस्था बिग्रिएका कारण पहिचान गर्न कठिन भइरहेको छ...

जलविद्युत् आयोजनाका सुरुङमा भएको उद्धार प्रयास बारे नेपाली सेनाले के भन्यो ?

काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी खोज तथा उद्धारलाई निरन्तरता दिएको छ। भदौ १६ गते बिहान ११ बजेसम्म नेपाली सेनाले हवाई माध्यमबाट २३ जनाको उद्धार गरेको जनाएको छ । सुरुङ उद्धारतर्फ चिलिमे जलविद्युत् आयोजनामा संयुक्त टोलीले करिब ५० मिटर, लाङटाङ जलविद्युतमा १५० मिटर र माथिल्लो त्रिशूली–१ मा करिब २०० मिटरसम्म सुरुङभित्र प्रवेश गरी खोजी...

बाढीपीडितका लागि पोखरा महानगरले राहत सामग्री संकलन गर्दै

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन पोखरा महानगरपालिकाले राहत सामग्री संकलन अभियान सञ्चालन गरिरहेको छ । महानगरले बाढीपीडितका लागि आवश्यक लत्ताकपडा, खाद्यान्न, बन्दोबस्तीका सामग्री, औषधि तथा स्वास्थ्य सामग्री र उद्धार सामग्री संकलन गरिरहेको जनाएको छ । भदौ १८ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रको डोममा राहत सामग्री संकलन केन्द्र...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।