Category

राष्ट्रिय समाचार

बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको नेपालगञ्ज रोडस्थित एक पसलमा नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका ११ की ३६ वर्षीया गंगा कुमारी पूर्वछाने , जिल्ला कास्की पोखरा महानगरपालिका १ का किरण कृष्ण तिवारी (कृष्ण), जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका १ का संजय थारु, जिल्ला भक्तपुर चाँगुनारायण...

रौतहटमा युवकको आत्मदाह प्रयास, ३१.५ प्रतिशत शरीर जलेपछि कीर्तिपुर लगियो

रौतहट, ३१ असार। रौतहटका एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका छन्। गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतम कुमार सहनीले मंगलबार राति करिब १ बजे आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएपछि आगो लगाएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शंकरप्रसाद आचार्यका अनुसार सहनी केही समयदेखि मानसिक तनाव तथा डिप्रेसनबाट गुज्रिरहेका...

माइतीघर मण्डलामा टमाटर सडकमा फालेर किसानको प्रदर्शन

काठमाडौँ । किसानले काठमाडौंको माइतीघर मण्डलामा टमाटर सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् । उचित बजार नपाएको, सरकारले पर्याप्त अनुदान र बजारको सुनिश्चितता गर्न नसकेको,  आयातमुखी नीतिका कारण स्वदेशी किसानका उत्पादनले मुल्य नपाएको भन्दै उनीहरुले बुधबार माइतीघर मण्डलामा टमाटर फालेर प्रदर्शन गरेका हुन्। उनीहरुले टमाटर बिक्री हुन नसकेको र उत्पादनको लागतसमेत उठाउन मुश्किल भएको भन्दै...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, १०५ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १०५  जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश र कोशी प्रदेशमा २-२ जनाको र काठमाडौँमा एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा १०५ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २७ जना घाइते भएका छन् भने काठमाडौँमा १३ जना घाइते भएका छन् । त्यस्तै...

मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ

हेटौडा । मकवानपुरको मनहरी गाउँपालिका-८ सिमपानीस्थित पूर्व-पश्चिम सडकखण्डमा १०९ किलोग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् । चितवनबाट हेटौडातर्फ जाँदै गरेको बा.प्र.०१-०२६ च ४८९३ नम्बरको जीपलाई विशेष सूचनाका आधारमा रोकी जाँच गर्दा गाडीको पछाडिको भागमा त्रिपालले लुकाइछिपाइ राखिएको प्लास्टिकले बेरिएको १५ पोकामा रहेको १०९.०९६ किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धादिङको...

टेलिकमका पूर्व प्रबन्ध निर्देशक अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर

काठमाडौं । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष अदालतले उनको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको ठहर गर्दै १२ करोड ७५ लाख रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको निष्कर्ष निकालेको हो । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले...

वर्षाका कारण देशभरका १३ प्रमुख सडकखण्ड प्रभावित, पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख सडक तथा राजमार्ग प्रभावित भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार देशभरका १३ स्थानमा सडक सञ्चालन प्रभावित भएको छ । तीमध्ये पाँच सडकखण्ड पूर्ण रूपमा अवरुद्ध हुँदा छ स्थानमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ भने दुई सडकखण्डमा सवारी आवागमन नै रोकिएको छ। कोशी प्रदेशमा भोजपुरको मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर...

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा भैरहेको छ । आज दिउँसो देशभर साधारणतया...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, ७० जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश र लुम्बिनी प्रदेशमा ३-३ जनाको र कोशीमा २ जना तथा गण्डकी प्रदेशमा १ जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा ७० जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने काठमाडौँमा १० जना घाइते भएका...

ट्राफिक प्रहरीले जरिवानाबाट कमिसन पाउदैन- प्रहरी प्रधान कार्यालय

काठमाडौँ । ट्राफिक प्रहरीले सवारी नियम उल्लंघनबापत उठाउने जरिवानाबाट २५ प्रतिशत विशेष भत्ता पाउने भन्ने समाचार तथा सामाजिक सञ्जालमा आएका दाबीहरू गलत भएको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति जारी गर्दै ट्राफिक प्रहरीले काट्ने जरिवाना सिधै नेपाल सरकारको राजस्व खातामा दाखिला हुने व्यवस्था रहेको स्पष्ट पारेको छ । उक्त रकमबाट ट्राफिक प्रहरी कर्मचारीले कुनै पनि...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।