Author

Srijana Puri

S

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, १८५ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १८५ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, कोशी, कर्णाली र लुम्बिनी प्रदेशमा एक एकको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा १८५ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ६० जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा ३२ जना घाइते भएका छन् । त्यस्तै कोशीमा...

जनकपुरका वडा अध्यक्षको निधन, उपमहानगरपालिका बन्द

धनुषा, २६ साउन। जनकपुरधाम उपमहानगरपालिका–६ का वडाध्यक्ष दिनेशप्रसाद साहको निधन भएको छ ।

लामो समयदेखि बिरामी परेका उनको आज उपचारका क्रममा निधन भएको हो ।

जनकपुरधाम उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवका अनुसार वडाध्यक्ष साहको निधनको शोकमा आज जनकपुरधाम उपमहानगरपालिकाले बिदा दिएको छ ।

Post Views: 100 14

गौतम अडानीविरुद्धको मुद्धा अमेरिकी अदालतद्वारा खारेज

काठमाडौँ । अमेरिकी अदालतले भारतको अदाणी समूहका अध्यक्ष गौतम अडानी र उनका भतिजा सागर अडानीविरुद्ध लगाइएको आपराधिक आरोप खारेज गरेको छ । न्युयोर्कको पूर्वी जिल्लाका जिल्ला न्यायाधीश निकोलस गारौफिसले संघीय अभियोजनकर्ताको आग्रहपछि आरोप खारेज गरेका हुन् । भारतमा सौर्य ऊर्जा ठेक्का प्राप्त गर्न घुसखोरी गरेको र अमेरिकी लगानीकर्तालाई भ्रममा पारेको आरोप उनीहरूमाथि लागेको थियो । अमेरिकी न्याय विभागले गत...

चिनिया बिधार्थीको घटयो बिदेशी शिक्षा मोह, एकदशकमा ५२ लाख चीन फर्के

बेइजिङ, २६ साउन । चीनमा उच्च शिक्षाका लागि विदेश जाने क्रम तीव्र गतिमा घटिरहेको छ। अभिभावकहरूका अनुसार विगतको तुलनामा स्वदेशी विश्वविद्यालयहरूको गुणस्तरमा उल्लेख्य सुधार आएको छ, जसले गर्दा विदेशमा अध्ययन गर्दा लाग्ने उच्च लागत त्यति सान्दर्भिक वा लाभदायक नलाग्ने भएको छ। यसैको परिणामस्वरुप, सन् २०१९ मा ७ लाख विद्यार्थीहरू अध्ययनका लागि विदेश गएकोमा सन् २०२५ सम्ममा यो संख्या घटेर करिब ५ लाख ७०...

नेपालमा छैन मल, भारतवाट ल्याँउदा फेरी नेपाली पक्राउ

सञ्जय मिश्रारौतहट, २६ साउन।नेपालमा रासायनिक मलको अभाव चर्किरहेका बेला सीमावर्ती नेपाली किसान भारतबाट मल ल्याउन बाध्य भइरहेका छन् तर, भारतबाट मल ल्याउने क्रममा किसान पक्राउ पर्ने क्रम भने रोकिएको छैन। सर्लाहीका दुई किसान तीन बोरा रासायनिक मल ल्याएको आरोपमा भारतमा पक्राउ परी ३८ दिन जेल बसेर रिहा भएको घटना सेलाउन नपाउँदै फेरि एक नेपालीसहित दुईजना भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा परेका छन्। भारतको...

बेजोससहितको समूहले लिभरपुलमा ३० प्रतिशत हिस्सा किन्न वार्ता अघि बढायो

काठमाडौं । विश्वका धनाढ्य अमेरिकी व्यवसायी तथा अमेजनका संस्थापक जेफ बेजोससहितको एउटा समूहले इंग्लिस फुटबल क्लब लिभरपुलमा करिब ३० प्रतिशत हिस्सा किन्नका लागि भइरहेको वार्तालाई अघि बढाएको छ । समूहको नेतृत्व बेलायती-भारतीय व्यवसायी अमित भाटियाले गरिरहेका छन् । सामाजिक सञ्जाल फेसबुकका सहसंस्थापक एडुआर्डो सेभेरिन पनि समूहमा सहभागी छन् । लिभरपुलका वर्तमान मालिक फेनवे स्पोर्ट्स ग्रुपले गत महिना उक्त...

क्यानको रोहितलाई धन्यवाद, भन्यो- एकपटकको लिडर सधैको लिडर !

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष टोलीका पूर्वकप्तान रोहित पौडेललाई उनको नेतृत्व, समर्पण र योगदानका लागि धन्यवाद दिएको छ । क्यानले रोहितको नेतृत्वमा राष्ट्रिय पुरुष टोलीले महत्वपूर्ण उपलब्धि हासिल गर्नुका साथै नेपाली क्रिकेट यात्रामा लामो समयसम्म स्मरणीय रहने क्षणहरू सिर्जना गरेको जनाएको छ । रोहितले टोली, देश र खेलप्रति देखाएको प्रतिबद्धता सधैँ प्रेरणादायी रहेको उल्लेख गर्दै...

बालेनको एक्लोपन, रविको कान समात्ने चेतावनी र सांसदहरूको गुनासै गुनासो

काठमाडौँ । नेपालमा नयाँ राजनीतिक शक्तिको नाममा बनेको सरकार अहिले एउटा अनौठो मोडमा पुगेको छ । बाहिरबाट हेर्दा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारसँग बलियो जनमत छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा १८२ सिट जितेको छ । अर्थात् सरकार संसद्मा दुई तिहाई करिबको बहुमतमा छ । तर यही बलियो जनमत पाएको सरकारका प्रधानमन्त्रीले केही दिनअघि ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्ने सन्देश सार्वजनिक...

बजेट पेश नगरेका चार नगरपालिकामा सहसचिव नेतृत्वको टोली फिल्डमा जाँदै

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्षका लागि स्थानीय तहको सभामा बजेट पेश गर्न नसकेका मधेस प्रदेशका केही नगरपालिकामा पुनः स्थलगत सहजीकरण गर्ने भएको छ । सहजीकरणका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र तथा नेपाल नगरपालिका संघका अध्यक्षलगायतका प्रतिनिधिको संयुक्त टोली...

सुन एकैदिन तोलाको ६४ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ६४ सयले बढेर तोलाको ३ लाख ७ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख एक हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ११० रुपैयाँले बढेर तोलाको ४७८० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।