Author

Srijana Puri

S

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्...

भारतमा पान मसालाको प्लास्टिक प्याकेजिङमा प्रतिबन्ध

काठमाडौँ । भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणले पान मसालाको प्याकेजिङमा प्रयोग हुने प्लास्टिकमा प्रतिबन्ध लगाएको छ । नयाँ नियमअनुसार अब पान मसाला कागज, टिन वा सिसाका भाँडामा मात्र प्याक गरेर बिक्री गर्न पाइनेछ । प्राधिकरणले खाद्य सुरक्षा तथा मानक प्याकेजिङ संशोधन नियमावली, २०२६ सार्वजनिक गर्दै नयाँ व्यवस्था तत्काल लागू गरेको हो । नयाँ नियमअनुसार पान मसालाको प्याकेजिङमा प्लास्टिक, पोलिथिन...

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

सुनसरी । सुनसरीको गढी गाउँपालिका–४ मेहता टोलस्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ। छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको को १ ख ३३९१ नम्बरको बर्जु लेक आइडियल इङ्लिस स्कुल चिमडी, सुनसरीको बसले बाटोको छेउमा बसिरहेकी गढी गाउँपालिका–४ मेहता टोल बस्ने ७५ वर्षीया गुद्री देवी मेहतालाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते मेहतालाई इलाका प्रहरी कार्यालय छिटाहाबाट...

प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । प्रहरीमा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने पर्वत फलेवास नगरपालिका-१ घर भएका ४६ वर्षीय हरि बहादुर रसाईलीलाई प्रहरीले पक्राउ गरेको छ ।  नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी सहायक निरीक्षक पदमा खुल्ला तर्फ दरखास्त दिई लिखित लगायतका सबै परीक्षामा उतिर्ण भई अन्तर्वार्ता बाँकी रहेका आवेदकलाई आफ्नो गृहमन्त्रालयको विशिष्ट...

सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा कार्यान्वयन मार्गदर्शन जारी

काठमाडौँ । सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण कदम चालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा यसको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन जारी...

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन

काठमाडौँ । सरकारले विराटनगर जुटमिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ । उद्योगको विद्यमानआर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्पसिफारिस गर्न विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरिएको हो ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले विराटनगर जुट मिलको वर्तमान अवस्था, यसअघि भएका निर्णय तथा विभिन्ननिकायबाट तयार...

नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ११ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ । आज मंगलबार नेप्से ०.७९ अंकले बढेर २६४१.८५ विन्दुमा पुगेर रोकिएको छ । आज ३४० कम्पनिका ९५ लाख ३४ हजार २२१ कित्ता शेयर ४ अर्ब ११ करोड ९ लाख ७४  हजार ६७४ मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, निर्जीव वीमा, र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी अपर लोहोरे खोलाको शेयर...

काँग्रेसको गतिबिधि रोक्न शशांक कोइरालाको सानेपा र निर्वाचन आयोगलाई पत्र

काठमाडौँ । नेपाली कांग्रेसको देउवा पक्षीय राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीको आगामी महाधिवेशनसहित सबै महत्वपूर्ण निर्णय तत्कालका लागि रोक्न आग्रह गरेका छन् । कोइरालाले कांग्रेस केन्द्रीय कार्यालय र निर्वाचन आयोगलाई पत्र पठाउँदै सर्वोच्च अदालतले कांग्रेसको वैधानिकता र नेतृत्वसम्बन्धी विवादमा पुनरावलोकनको अनुमति अर्थात् निस्सा प्रदान गरिसकेकाले अदालतको अन्तिम फैसला...

इन्जिनियर र लेखा अधिकृतविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्ली राज खड्का र लेखा अधिकृत मिलनकुमार भट्टराईविरुद्ध ६ लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । पुलको पुनः डिजाइन स्वीकृत गराइदिने र ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको टंगाल र इटहरी कार्यालयबाट खटिएको टोलीले...

खुस्बु ओलीको प्रश्न- मन्त्रीको काम व्यक्तिलाई फोन गरेर ग्यास बाड्ने हो ?

काठमाडौँ । राप्रपाकी सांसद खुस्बु ओलीले उद्योगमन्त्री गौरी कुमारीले आफ्नो आलोचना गर्नेहरुलाई फोन गरेर ग्यास वितरण गरिरहेको भन्दै प्रधानमन्त्रीले स्पष्टीकरण सोध्न माग गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ओलीले जनता तातो घाममा ग्यासको लाइनमा बसेको मन्त्रीले नदेखेको भन्दै दुई चार जनालाई ग्यास बाडेर हिडेको आरोप लगाएकी छन् । उनले भनेकी छन्- ‘उहाँले जनता तातो घाममा ग्यासको लाइनमा बसेको...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।