Author

Srijana Puri

S

एनआरएनए ११औं एसिया प्यासिफिक सम्मेलन सम्पन्न ,२१ बुँदे घोषणापत्र जारी

ग्वान्जाओ (चीन), १ भदौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)  को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन चीनको पर्यटकीय सहर ग्वान्जाओमा भव्य रूपमा सम्पन्न भएको छ ।  ‘आरोहण २०२६ राइजिङ टुगेदर, लिडिङ फरवार्ड’ भन्ने मूल नाराका साथ अगस्ट १४ देखि १६ सम्म आयोजना गरिएको यस सम्मेलनले प्रवासमा रहेका नेपालीहरूका गम्भीर सवालहरूलाई समेट्दै २१ बुँदे ‘ग्वान्जाओ घोषणापत्र २०२६’ जारी गरेको छ। सम्मेलनको...

दक्षिण कोरियाबीचको सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, यस्तो छ कारणv

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग हुने सैन्य अभ्यास घटाउन रक्षामन्त्री पिट हेगसेथलाई निर्देशन दिएका छन् । ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो सम्बन्ध राम्रो रहेको भन्दै अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यासले उत्तर कोरियालाई गलत र शत्रुतापूर्ण सन्देश दिने बताएका छन् । उनले यस्ता अभ्यासमा अमेरिकाको ठूलो रकम खर्च हुने पनि उल्लेख गरेका छन् । तर दक्षिण...

जसपा नेपालले लुम्बिनीमा फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौँ । जसपा नेपालले लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जसपाले संसदीय दलका नेता सन्तोष कुमार पाण्डेय र प्रदेशका सबै सांसदहरुलाई निर्देशन दिदै जसपा नेपालले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई दिएको समर्थन आजदेखि नै फिर्ता लिएको जानकारी गराउदै आज मुख्यमन्त्री आचार्यले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ । लुम्बिनीमा जसपा नेपालका ५ सांसद...

पृथ्वी राजमार्ग परिब पाँच घण्टापछि सञ्चालनमा

धादिङ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

सोमबार बिहान करिब ५: ४५ बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । करिब पाँच घण्टापछि पहिरो हटाएपछि सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

Post Views: 100 18

सुनचाँदीको मुल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको १६ सयले बढेर तोलाको ३ लाख ६ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख ५ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर तोलाको ४७७० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी...

कैलालीमा ट्रकसँग ठोक्किँदा स्कुटर चालकको मृत्यु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका १ कट्टिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । सोमबार बिहान पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको जिल्ला नवलपरासी (सुस्ता पूर्व) कावासोती नगरपालिका–१६ डण्डा बस्ने २६ वर्षीय दिनेश गिरीले चलाएको सु.प.प्र.०१–००१ ख ३६९५ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेकी कैलालीको बर्दगोरिया गाउँपालिका–४ बस्ने ६२ वर्षीया...

जनकवि दुर्गालाल श्रेष्ठको निधन

काठमाडौँ । नेपालभाषा र नेपाली भाषाका जनकवि, गीतकार, नाटककार तथा चिन्तक दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो । उनी पछिल्लो समय अस्वस्थ थिए । श्रेष्ठले पछिल्लो छ दशकदेखि निरन्तर साहित्य सिर्जना गर्दै आएका थिए । उनले नेपालभाषासँगै नेपाली भाषामा कविता, गीत, नाटक तथा अन्य साहित्यिक विधामा महत्वपूर्ण योगदान दिएका छन्। नेपाल...

वैदेशिक रोजगार व्यवसायीसँग सहमति, आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित १५ बुँदे माग राख्दै साउन २२ गतेदेखि सञ्चालन गर्दै आएको दबाबमूलक कार्यक्रम अन्त्य गर्ने भएको छ । संघले भदौ १ गतेदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेपछि युवा, श्रम तथा रोजगार मन्त्रालयमा मन्त्री, सचिव तथा संघका अध्यक्ष, सल्लाहकारसहित पदाधिकारीबीच छलफल भएको थियो । छलफलमा संघले अघि सारेका अधिकांश माग नीतिगत...

देउवा पक्षको भेला: समापनमा खड्का र शेखर अनुपस्थित, निधि-महतबीच विवाद

काठमाडौँ । नेपाली कांग्रेस संस्थापनइतर पक्षले आयोजना गरेको तीनदिने राष्ट्रिय भेला सम्पन्न हुनेक्रमा आन्तरिक विवाद छताछुल्ल भएको छ । सम्मेलनको उद्घाटनमा सहभागी भएका नेता पूर्णबहादुर खड्का र शेखर कोइराला समापन समारोहमा भने उपस्थित भएनन् । दुवै नेता समापनमा नआएपछि कांग्रेसभित्र यसको कारणलाई लिएर चर्चा सुरु भएको छ । पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्मा भएको सम्मेलनको उद्घाटन समारोहमा खड्का र...

हिजबुल्लाहका वरिष्ठ कमान्डर मारिएको इजरायलको दाबी

काठमाडौँ । इजरायली सेनाले हिजबुल्लाहको ‘बद्र इकाइ’का वरिष्ठ कमान्डर अबु हसन अलालाई मारिएको दाबी गरेको छ । इजरायली सेनाले सामाजिक सञ्जालमार्फत हिजबुल्लाहले इजरायली सैनिकविरुद्ध गर्दै आएका गतिविधिको जवाफमा कारबाही गरिएको जनाएको छ । सेनाका अनुसार हसन अला इजरायली सैनिकविरुद्धका विभिन्न आक्रमणको योजना बनाउने र कार्यान्वयनमा संलग्न थिए । उनले दक्षिणी लेबनानमा इजरायली सैनिकतर्फ विस्फोटक पदार्थ बोकेका...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।