Author

Srijana Puri

S

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुन तोलाको २७ सयले घटेर तोलाको ३ लाख ४ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख ६ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १६० रुपैयाँले घटेर तोलाको ४५९५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष डा. पौडेलले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । डा. पौडेल वरिष्ठ नाक, कान तथा घाँटी विशेषज्ञ हुन् । उनी हाल नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा नाक, कान तथा घाँटी विभागका प्रमुख तथा प्राध्यापकका रूपमा कार्यरत छन् । यसअघि उनले वीर...

फ्रान्सले दुई इरानी कूटनीतिज्ञलाई देश निकाला गर्ने

काठमाडौँ । फ्रान्सले दुई जना इरानी कूटनीतिज्ञलाई देशबाट निष्कासन गर्ने निर्णय गरेको छ । फ्रान्सका विदेशमन्त्री जाँ नोएल बारोले यसको जानकारी दिएका हुन् । यसअघि इरानले फ्रान्सेली दूतावासका दुई कर्मचारीलाई इरान फर्कन अनुमति नदिने निर्णय गरेको थियो । इरानी विदेश मन्त्रालयले जुलाईमा भएको कूटनीतिक विवादपछि यस्तो निर्णय गरिएको जनाएको थियो । फ्रान्सले इरानी सुरक्षा बलमाथि दूतावासका दुई कर्मचारीलाई...

बर्दियाबाट बाघ नियन्त्रणमा

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ ।  बर्दिया निकुञ्जका प्राविधिक, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक र सुरक्षाका लागि तैनाथ नेपाली सेनाले बाघलाई नियन्त्रणमा लिएका हुन् । एक महिनायता गाउँबस्तीमा पसेर गोठैबाट गाई, गोरु, बाख्रा खाने गरेपछि स्थानीय आतंकित भएका...

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३५ अर्ब निक्षेप संकलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ महिनाका लागि ३५ अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्...

युक्रेनलाई ड्रोन दिएको भन्दै बेलायतलाई रुसको चेतावनी

काठमाडौँ । बेलायतमा निर्मित ड्रोन प्रयोग गरेर रुसभित्र सैन्य तथा औद्योगिक क्षेत्रमा पछिल्ला आक्रमण भएको पुष्टि भएपछि रुसले बेलायतमाथि युक्रेन संकटलाई जानाजानी थप चर्काएको आरोप लगाएको छ । बेलायतस्थित रुसी दूतावासले विज्ञप्ति जारी गर्दै युक्रेनमा बेलायतको संलग्नता जति गहिरिँदै जान्छ, उसले चुकाउनुपर्ने मूल्य पनि त्यति नै बढ्ने चेतावनी दिएको छ । दूतावासले बेलायतका पछिल्ला गतिविधिको परिणाम अनिवार्य...

आशिका तामाङले संसदको बैठक छोडेर हिडेपछि…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले संसदको बैठक छोडेर हिडेकी छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा पराष्ट्रमन्त्री शिशिर खनाललाई प्रश्न सोध्न नपाएपछि उठेर बोलिरहेकी तामाङलाई सभामुख डिपी अर्यालले संसदको मर्यादा कायम गर्न भनेपछि रिसाएर संसदको बैठक छोडेर हिडेकी हुन् । बैठकमा परराष्ट्रमन्त्री खनालले संसदमा यसअघि तामाङले नै उठाएको विषय कम्बोडियामा मृत्यु भएका धादिङका...

भारतले श्रीलंकालाई दियो ३७२ रनको लक्ष्य

काठमाडौँ । श्रीलंकाको गालमा जारी टेस्ट क्रिकेटमा श्रीलंकासामु जितका लागि ३७२ रनको लक्ष्य प्रस्तुत भएको छ । भारत दोस्रो पारीमा १९३ रनमा समेटिएपछि श्रीलंकाले ३७२ रनको लक्ष्य पाएको हो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो पारीमा ४६२ रन बनाएको थियो । जवाफमा श्रीलंकाको पहिलो पारी २८४ रनमा सकिएको थियो । पहिलो पारीमा भारतले १७८ रनको अग्रता लिएको थियो । भारतले दोस्रो पारीमा १९३ रन बनाएपछि उसको...

प्रधानमन्त्री शाह र भारतीय स्थल सेनाध्यक्ष सेठबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा नेपाल–भारतबीचको आपसी सम्बन्ध तथा दुई देशका सेनाबीचको सहकार्यका विषयमा छलफल भएको जनाइएको छ । भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए । प्रधान सेनापति अशोकराज सिग्देलको...

नेप्से १९.३४ अंकले घट्यो, ५ अर्ब ७ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा सामान्य गिरावट आएको छ । आज मंगलबार नेप्से १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा पुगेर रोकिएको छ । आज ३४७ कम्पनिका एक करोड ५१ लाख ९६ हजार ९८२ कित्ता शेयर ५ अर्ब ७ करोड ३५ लाख १८ हजार ६६२ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयर १४.९९ प्रतिशतले बढेको छ भने माउन्ट एभरेष्ट पावरको शेयर १४.९८ प्रतिशतले बढेको छ ।...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।