काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, हेमा बेल्वासे (केसी) र भण्डारीलाल अहिरलाई पार्टी निर्देशनविपरीत काम गरेको भन्दै पुनः स्पष्टीकरण सोधेको छ । पार्टीले २०८३ भदौ १ गते लुम्बिनी प्रदेशको वर्तमान सरकारलाई समर्थन नगर्न तथा सरकारको विपक्षमा मतदान गर्न स्पष्ट निर्देशन दिएको भएपनि तीनै सांसदले उक्त निर्देशनविपरीत प्रदेश सरकारको पक्षमा मतदान गरेको भन्दै...








