Author

Srijana Puri

S

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

काठमाडौं, १० भदौं । तिब्बतको शिगात्से शहरको केरोङ काउन्टीमा गएको पहिरो प्रकोपप्रति चिनियाँ राष्ट्रपति सीले बिशेष निर्देशन दिएका छन् । अगस्ट २६ मा बिहान लगभग १०ः३० बजेतिर सिचाङ (तिब्बत) शिगात्से शहरको केरोङ काउन्टीको केरुङ बन्दरगाहमा नेपालतर्फ पहिरो जाँदा ठूलो हताहत भए पछि राष्ट्रपति सिले बिशेष निर्देशन दिएका हुन् । विपदपछि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्रपति तथा...

प्रधानमन्त्री शाहले गरे बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे प्रभावित क्षेत्रका सङ्घीय सांसदसँग परामर्श गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सङ्घीय सांसदसँग बाढीबाट भएको क्षति, नदी तटीय क्षेत्रका बस्तीको अवस्था तथा उद्धार र राहत कार्यबारे छलफल भएको हो । भेटमा सांसदहरूले आ–आफ्नो...

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं, १० भदौं । तिब्बतवाट अचानक आएको बाढीले प्रभावित भएका स्थानलाई सरकारले ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ ।  आज बसेको आकस्मि मन्त्रिपरिषद् बैठकले रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाको लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । सरकाका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार सरकारले तत्काल राहात र उद्दारको कार्यमा प्राथमिकता दिने निर्णय पनि गरेको उनले जानकारी दिए ।...

भोटेकोशी बाढीका घाइतेको उपचारका लागि स्वास्थ्य क्षेत्र तयारी अवस्थामा

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीबाट घाइते भएकाको उपचारका लागि काठमाडौँका विभिन्न अस्पताल तथा रक्तसञ्चार केन्द्रसँग आवश्यक समन्वय भइरहेको छ । स्वास्थ्य मन्त्रालयले बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्सलगायतका संघसंस्थासँग पनि उपचार तथा उद्धारका लागि समन्वय गरिरहेको जनाएको छ । घाइतेको उपचारका लागि वीर अस्पताल र ट्रमा सेन्टरमा गरी १००...

भोटेकोशी बाढी: मैलुङ पाखाको ओडारमा फसेका ८ जनाबाट उद्धारको अपिल

रसुवा । भोटेकोशीको बाढीपछि ओडारमा फसेका ८ जना स्थानीय मैलुङमाथिको पाखामा बसेर ज्यान जोगाएको भन्दै उद्धारका लागि आग्रह गरेका छन् । उक्त क्षेत्रमा फसेकामध्ये एक अर्जुन न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन् । उनले भनेका छन्- ‘हामी ८ जना अहिले मैलुङमाथि पाखाको ओडारमा छौं । फोन उठाउन सकिन्न । कृपया धेरै साथीलाई बगायो । ३०० माथि फसिरहेको देखिरहेका छौँ । राज्यले हेलिकोप्टरबाट...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै, नदीबाट टाढा रहन आग्रह

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा खुलिनसकेको जनाएको छ । भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा जोखिम कायमै रहेकाले अर्को सूचना जारी नभएसम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहन महाशाखाले आग्रह गरेको छ । महाशाखाले नदीको बहावमा पुनः वृद्धि हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन...

उद्धार र राहतमा जुट्न राष्ट्रपति पौडेलको अपिल

काठमाडौं, १० भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी र त्रिशुलीको बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई पनि उद्धार र राहतमा जुट्न अनुरोध गरेका छन् । राष्ट्रपति पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीबाट भएको धनजनको क्षतिको खबरले...

देवघाटमा दिउँसो साढे ३ बजे बाढीको बहाव पुग्ने अनुमान

चितवन । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीको बहाव आज दिउँसो करिब साढे ३ बजे देवघाट आइपुग्ने अनुमान गरिएको छ । देवघाटस्थित बाढी मापन केन्द्रमा हाल पानीको सतह ४.७६ मिटर रहेको छ। प्रारम्भिक अनुमानअनुसार बाढीको बहाव आइपुगेपछि पानीको सतहमा करिब ३ मिटरले वृद्धि हुन सक्ने जनाइएको छ । यसअनुसार देवघाटमा पानीको सतह करिब ८ मिटर पुग्न सक्ने र यो २ देखि ३ वर्षमा एकपटक दोहोरिन सक्ने प्रकृतिको बाढी हुने अनुमान...

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

काठमाडौं, १० भदौं । नुवाकोट र रसुवामा धेरै मानवीय क्षति भएको अनुमान गरिएको छ।  नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले तटीय क्षेत्रमा मानवीयसहित अत्यधिक क्षति भएको प्रारम्भिक जानकारी आएको बताएका छन ।  “धेरै ठूलो मानवीय क्षति भएको छ, भौतिक क्षतिको त कुरै नगरौं,” हुँमागाईले सञ्चारकर्मीसँग भने, “क्षतिको एकिन विवरण आइसकेको छैन । हामी यसमै लागिरहेका छौँ ।” ...

धादिङबेंसी जाने त्रिशूलीमाथिको पुल बगायो

धादिङ । चीनबाट त्रिशूली नदीमा आएको बाढीले धादिङमा पनि ठुलो क्षति भएको छ । धादिङबेंसी जाने त्रिशूलीमाथिको पुल बाढीले बगाएको छ । फुर्केखोला-परेवाटार जोड्ने पक्की पुल बगाएपछि धादिङबेंसी जाने सहज सम्पर्क टुटेको हो ।  त्यस्तै पक्की पुलहरू बगाएको छ भने विभिन्न बस्तीमा बाढी बसेको छ । प्रशासनले सतर्कता अपनाउन आग्रह गर्दै जोखिममा रहेका बस्ति सार्न लागिएको बताएको छ ।   Post Views: 100...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।