Author

Srijana Puri

S

रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबिच भेट : बाढी प्रभावित क्षेत्रमा निरन्तर सहयोग गर्ने चीनको प्रतिबद्धता

काठमाडौं, १७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबिच आज लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भेटवार्ता भएको छ। भेटमा राजदूतले भोटेकोसी क्षेत्रमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै चीन उद्धारदेखि पुनर्निमार्णसम्म नेपालको साथमा रहेको बताए। बाढी लगत्तै चीनले उद्धारकर्मी र डिएनए विशेषज्ञलगायत आवश्यक सहयोग पठाइसकेको र आवश्यकता...

सुनको मूल्यमा ठूलो गिरावट : तोलामा ८ हजार ८ सयले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको हो। मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मङ्गलबार सुन प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ।...

घुस लिएको आरोपमा कागेश्वरी मनोहराका इन्जिनियरसहित दुई जना पक्राउ

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसहित दुई जना घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर कार्कीले संरचनाको विश्लेषणसम्बन्धी काम स्वीकृत गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो । उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले कार्की र घुस रकम लिने मध्यस्थको भूमिकामा रहेकी आस्मा...

रौतहटमा राधाकृष्ण मन्दिर निर्माणमा अनियमितता, पाँच जनाविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको परोहा नगरपालिका–९ स्थित राधाकृष्ण मन्दिरको अधुरो भवन निर्माणमा ६ लाख ८० हजार ५९२ रुपैयाँ अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार आर्थिक वर्ष २०८१/८२ मा पर्यटन विकास कार्यालय, गौरबाट ‘रामपुर पोखरीको डिलमा अधुरो शिवनाथ भवन निर्माण, भैरवनाथ मन्दिर निर्माण र राधाकृष्ण मन्दिरको अधुरो भवन निर्माण’...

करदाता प्रोत्साहन उपहार कार्यक्रम स्थगित

काठमाडौँ । आन्तरिक राजस्व विभागले रसुवा, नुवाकोट, धादिङलगायतका स्थानमा गएको बाढीपहिरोका कारण आज भदौ १६ गते हुने करदाता प्रोत्साहन उपहार कार्यक्रमको विजेता घोषणा स्थगित गरेको छ। विभागका अनुसार स्थगित कार्यक्रम तथा आगामी पाक्षिक अवधिको उपहार विजेता छनोट आगामी असोज १ गते गरिनेछ। उक्त दिन भदौ महिनाभरका खरिद बीजकका कुपनबाट दैनिक तथा बम्पर उपहारका विजेता छनोट गरिने विभागले जनाएको छ। बजेटमार्फत घोषणा...

भोटेकोशी बाढी अपडेट: हालसम्म १ हजार ५६ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो २ बजे म्म १ हजार ५६ जनाको शव फेला परेको छ ।  जसमध्ये रसुवामा ३८ जना, नुवाकोटमा १ सय ५१ जना, धादिङमा ५७ जना, चितवनमा ३२१ जना, गोरखामा ६५ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २१६ जना, नवलपरासी पश्‍चिम १६५ जना र भारतमा ५ जना गरी १ हजार ५६ जनाको शव फेला परेको हो । फेला परेको शवहरू मध्ये ९७२ को लाशजाँच मुचुल्का सम्पन्न भएको...

नेप्सेमा वृद्धि, २ अर्ब ९० करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज वृद्धि आएको छ । आज मंगलबार नेप्से ९.२४ अंकले बढेर २५२२.६६ विन्दुमा पुगेर रोकिएको छ । आज ३४१ कम्पनिका ७६ लाख १३ हजार ६८१ कित्ता शेयर २ अर्ब ९० करोड ६९ लाख ४३ हजार ६३३ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी माथिल्लो मैलुंग खोला जलविद्युतको शेयर ७.१५ प्रतिशतले बढेको छ भने एमबीएल इक्विटीको शेयर ५.८८ प्रतिशतले बढेको छ ।...

बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका १० स्थित बेत्रावतीमा २४ जनाको शव फेला परेको घर  बच्चुराम अवस्थीको भएको खुलेको छ । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्दार कार्यको लागि नेपाल प्रहरीले ड्रोन क्यामेराको सहयोगमा काम शव खोजी रहेको अवस्थामा प्रहरीको ड्रोनले एक शव देखेपछि सो घरमा पुगेको थियो । ड्रोनको क्यामेरामा कैद भएको विवरणको आधारमा प्रहरीको उद्दार तथा खोज टोली...

भोटेकोशी बाढीपछि २५ अर्ब ८७ करोडको प्रारम्भिक बीमा दाबी

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिमा १५ वटा बीमा कम्पनीमा गरी २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँको प्रारम्भिक बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म प्राप्त विवरणमा ५८३ वटा बीमा दाबी परेको हो । प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा धेरै दाबी दि ओरिएन्टल इन्स्योरेन्समा परेको छ । उक्त कम्पनीमा ८ वटा दाबीबाट १३ अर्ब ४ करोड २१ लाख २६...

राष्ट्रिय सभाबाट भोटेकोशी बाढी सम्बन्धि विशेष प्रस्ताव पारित

काठमाडौं । राष्ट्रिय सभाबाट भोटेकोशी बाढी सम्बन्धि विशेष प्रस्ताव पारित भएको छ । मंगलबार बसेको सभामा राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले प्रस्तुत गरेको विशेष प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित गरेको हो । भदौ १० गते रसुवाको भोटेकोशीमा विनाशकारी बाढीका कारण भएको धनजनको क्षतिप्रति दुख व्यक्त गर्दै बाढीमा परेर ज्यान गुमाएकाहरूप्रति राष्ट्रिय सभाले श्रद्धान्जली अर्पण गरिएको छ भने...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।