काठमाडौं, २ असोज । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झासहित नौ केन्द्रीय सदस्यले पदबाट राजीनामा दिएका छन् । पछिल्ला राजनीतिक घटनाक्रमहरुले पुराना शैली र पुराना व्यक्तिहरुबाट अब देशको राजनीति अगाडि बढ्ने स्थिति नरहेको भन्दै उनीहरूले शुक्रबार रामुपा छाडेको घोषणा गरेका हुन् । पार्टी छाड्नेमा महासचिव झासहित केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र, पंकजकुमार देव, हिरालाल...










