Author

Srijana Puri

S

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

काठमाडौँ, २५ वैशाखः नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो याम (चैत–वैशाख) मा १३ नाउर र छ झारलको सिकार गरिएको छ । यस आरक्षमा लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउर, झारल, रतुवा र बँदेलको सिकार गर्न पाइन्छ । आरक्षमा दुई याममा सिकार खेलाइन्छ । पहिलो याम (असोज–कात्तिक) र दोस्रो याम (चैत–वैशाख) हुने गर्छ । यस याममा आरक्षका ब्लकहरु सुनदहमा दुई नाउर र दुई झारल, सेङमा दुई नाउर...

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ, २५ वैशाखः सरकारले विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूत तथा ‘कन्सल’लाई पदमुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार बैठकले यही वैशाख २८ गते सोमबार अपराह्न ४ः०० बजे बस्ने सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले...

सरकारी जग्गाको अतिक्रमण विवरण खोजिँदै

दमौली (तनहुँ), २५ वैशाखः तनहुँमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमणको विवरण अद्यावधिक गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा बसेको जिल्लास्थित सुरक्षा निकाय, स्थानीय तह तथा अन्य सरोकारवालाको बैठकले सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमणको विवरण अद्यावधिक गर्ने र विवरण अद्यावधिक भएअनुसारको प्रगति जिल्ला प्रशासन कार्यालयमा पेस गर्ने निर्णय गरेको छ । जिल्लामा रहेका सरकारी...

‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

काठमाडौँ, २५ वैशाखः ‘मानवतामा एकताबद्ध’ भन्ने नाराका साथ आज विश्व रेडक्रस तथा रेड क्रिसेन्ट दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ । यस अवसरमा जारी सन्देशमा जटिल र विभाजित बन्दै गएको विश्वमा रेडक्रस तथा रेड क्रिसेन्टका स्वयंसेवक र कर्मचारीले बाहिरी व्यक्तिका रूपमा नभई समुदायकै सदस्यका रूपमा सहानुभूति, आशा, सम्मान र सहयोग प्रदान गर्दै आएको उल्लेख गरिएको छ । साथै, मानवीय सेवामा...

दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

दैलेख, २५ वैशाखः दैलेख जिल्लाका विभिन्न वन क्षेत्रको जग्गा अतिक्रमण हुनेक्रम बढेपछि प्राकृतिक सम्पदा र वनको अस्तित्व नै सङ्कटमा पर्न थालेको छ । डिभिजन वन कार्यालय दैलेखको पछिल्लो तथ्याङ्कअनुसार जिल्लाभर हालसम्म कुल ४२०.२९ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको पाइएको छ । जिल्लामा रहेका छ वटा सब–डिभिजन वन कार्यालयले स्थानीय तहमा वन सुरक्षा, अतिक्रमण नियन्त्रण र गैरकानुनी गतिविधिको निगरानी गर्दै आए...

अन्तर्वार्ताः चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

काठमाडौँ, २५ वैशाखः अभिनेत्री स्वस्तिमा खड्का पछिल्लो समय चरित्र बाच्ने अभिनेत्रीको रुपमा परिचित हुनुहुन्छ । ‘होस्टेल रिटन्स’ नामक चलचित्रमार्फत अभिनय यात्राको सुरुआत गर्नुभएकी अभिनेत्री खड्कालाई चर्चित गीत ‘कुटुमा कुटु’ ले आम दर्शकमाझ परिचित गरायो । उहाँलाई ‘कुटुमा कुटु गर्ल’ भनेर उपनाम समेत दिइयो । सुन्दरीका रूपमा मात्र नभई गम्भीर र चरित्रप्रधान भूमिकामा पनि स्थापित गर्न सफल अभिनेत्री खड्कालाई...

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ, २५ वैशाखः बिहीबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा रु एक हजार ३०० र चाँदी रु १२० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९९ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार २७५ कायम भएको छ । हिजो बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९८ हजार ६०० र त्यति नै परिमाणको सेतो धातु रु पाँच...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।