Author

Srijana Puri

S

आलेखः कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

झापा, २८ वैशाख : मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका सिमखेतहरूको गरागरामा टिलपिल पानीमाथि यतिबेला चैते धानका बाला होइन, कमल फूलका जस्तै फराकिला र काँडेदार हरिया पातहरू तैरिइरहेका छन् । यो दृश्य हो–कोशी प्रदेशमै पहिलोपटक व्यावसायिक रूपमा सुरु गरिएको ‘मखना’अर्थात् ‘सेतो सुन’ खेतीको । कचनकबल गाउँपालिका–४ का ६३ वर्षीय जेलेल मियाको जीवनका धेरै वसन्तहरू यही सिमखेतमा धान रोप्दै र...

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम स्वीकृत

काठमाडौँ, २८ वैशाखः सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको हो । आज अपराह्न ४ बजे राष्ट्रपति पौडेलले नेपालकोसंविधानको धारा ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम...

डेढ घण्टापछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा

काठमाडौँ, २८ वैशाखः टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी भएपछि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आएको छ । आज बिहान टर्कीको इस्तानबुलबाट आएको टिके ७२६ नम्बरको विमानको अवतरण गर्ने क्रममा चक्कामा आगलागी भएको थियो । विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार आज बिहान ६ः४५ बजेदेखि बन्द भएको विमानस्थल करिब डेढ घण्टापछि सञ्चालनमा आएको हो । बिहान ८ः३० बजे एयर...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका), २८ वैशाखः अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना गरिएको छ । नेपाली कला, संस्कृति, वेशभूषा तथा परम्पराको प्रदर्शनमार्फत नेपाललाई अन्तरराष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले नेपाल उत्सव आयोजना गरिएको हो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) क्यालिफोर्नियालगायतका नेपाली सामाजिक संस्थाको संयुक्त आयोजनामा सम्पन्न उत्सवमा अमेरिकाका विभिन्न सहरमा रहेका नेपाली...

‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी, २८ वैशाखः अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नौ दशमलव १४ मेगावाट क्षमताको ‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु भएको छ । सुपर घलेम्दी हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको आयोजनाले नारच्याङको घलेम्दी र रेलेखोलाको दोभानदेखि अन्नपूर्ण हिमालको फेदीमा प्रस्तावित बाँधस्थल जोड्ने पहुँचमार्ग निर्माण थालेको हो । आयोजनाका आवासीय इन्जिनियर प्रकाश भट्टराईले पाँच किलोमिटर ५००...

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि

काठमाडौँ, २८ वैशाखः सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आज अपराह्न ४ः०० बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्नेछ । आजको कार्यसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । त्यसका लागि सङ्घीय संसद्का सदस्यहरुलाई ३ः४५ बजेभन्दा...

गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

दमौली (तनहुँ), २८ वैशाख : यहाँको म्याग्दे गाउँपालिकाले ९६ जना श्रमिकलाई मजदुर कोषमा सूचीकृत गरेको छ । गाउँपालिकाको लक्ष्यअनुरूप अनौपचारिक क्षेत्रका श्रमिकहरूको आर्थिक अवस्था सबल बनाउन गाउँपालिकाले दुई चरणमा गरी ती श्रमिकलाई मजदुर कोषमा सूचीकृत गरेको हो । चालु आर्थिक वर्षमा गाउँपालिकाले पहिलो चरणमा ६६ र दोस्रो चरणमा ३० जना श्रमिकलाई मजदुर कोषमा सूचीकृत गरिसकेको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद...

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

तुलसीपुर (दाङ), २८ वैशाखः यहाँको तुलसीपुर उपमहानगरपालिका–७ निवासी टीकाकुमारी सार्की यसअघि चुलोचौकामा मात्रै सीमित हुनुहुन्थ्यो । घरायसी काम गर्नेबाहेक अरु केही थिएन । तर, अहिले उहाँले गुडिया बनाउन सिकेपछि दैनिकी नै फेरिएको छ । “पहिले घरमै बस्ने हुन्थ्यो, काम पनि केही हुँदैनथ्यो, तर अहिले गुडिया बनाउन थालेकी छु”, उहाँले भन्नुभयो । त्यस्तै तुलसीपुर–६ की मीना लामिछाने पनि अहिले अचार बनाउनमा व्यस्त...

खरायो पैँचो कार्यक्रमः किसानलाई खरायोका बच्चा सहयोग

तनहुँ, २८ वैशाखः र्याबिट कन्र्सन नेपालको सहयोगमा यहाँका ११ किसानलाई आइतबार तीनवटाका दरले ३३ वटा खरायोका बच्चा सहयोग गरिएको छ । कन्र्सनकी निर्देशक पूजा पौडेलले वडाध्यक्ष वसन्तबहादुर आलेलाई केजसहित क्यालिफोर्निया जातको खरायोका बच्चा हस्तान्तरण गर्नुभएको हो । खरायो पैँचो कार्यक्रम नेपालमै पहिलोपटक यस क्षेत्रमा सुरुआत गरिएको र आउँदा दिनमा विस्तार गर्दै लैजाने योजना रहेको निर्देशक पौडेलले बताउनुभयो ।...

‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

गलकोट (बागलुङ), २८ वैशाखः यहाँको बागलुङ नगरपालिका–६ को पञ्चकोट जाने बाटैमा गङ्गाबहादुर थापाको फलफूल नर्सरी छ । उहाँ सधैँ नर्सरीमै बस्न भ्याइरहनु हुन्न । तर उहाँले नभ्याउँदा पनि आफैँले नियमित सिँचाइ भने गरिरहनुहुन्छ । यस्तो कसरी सम्भव भयो होला ? धेरैको मनमा यस्तै जिज्ञासा आउन सक्छ । तर यो प्रविधिको माध्यमबाट सम्भव भएको हो । पाँच रोपनी जमिन ३० हजार रुपैयाँ वार्षिक भाडा तिर्नेगरी लिएर गङ्गाबहादुरले...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।