Author

Srijana Puri

S

वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै

काठमाडौँ, १९ जेठः विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँठाउँमा वर्षा भएकाले तापक्रम घटेपछि अब विस्तारै फेरि तातो बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तीन दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम ३७ डिग्रीबाट माथि नचढेकामा अब फेरि तापक्रम विस्तारै उकालो लाग्ने भएको छ । आजबाटै वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ्ने बताइएको छ । आज भैरहवामा अधिकतम तापक्रम ३७...

शुक्रबारदेखि बेपत्ता दुई जना मृत अवस्थामा भेटिए

अमरगढी (डडेल्धुरा), १८ जेठः डडेल्धुराको परशुराम नगरपालिका–५ बाट गत शुक्रबारदेखि बेपत्ता सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुन मगर र स्थानीय तीर्थबहादुर थापा मगर मृत अवस्थामा आज फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वरुणबहादुर सिंहका अनुसार ५६ वर्षीय थापाको शव परशुराम नगरपालिका–५ अन्तर्गत महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा फेला परेको हो । यस्तै, सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी)...

चित्रकार यादवको मिथिला चित्रकला

काठमाडौँ, १८ जेठः चित्रकार हरेराम यादवले मिथिला चित्रकलालाई केन्द्रमा राखेर एकल चित्रकला प्रदर्शनी गर्नुभएको छ । बबरमहलस्थित काठमाडौँ आर्ट ग्यालरीमा उहाँले ‘सिराहादेखि काठमाडौँ’ शीर्षकमा चित्रकला प्रर्दशनी गर्नुभएको हो । हिमालयन लाइटआर्ट अवार्डको अवार्ड प्राप्त गरेरपछि उहाँले यसै कार्यक्रमअन्तर्गत बनाएका चित्र प्रदर्शनी गर्नुभएको हो । बिहीबार हिमालयनआर्ट अवार्डका निर्देशक जस्टिन झाओ र चित्रकार...

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

भोजपुर, १८ जेठः जिल्लाको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार गरिएको छ । लामो समयपछि यो क्षेत्र राष्ट्रिय प्रसारण लाइनसँग जोडिएको हो । वडा कार्यालयको पहल तथा सम्बन्धित निकायको समन्वयमा पोल, तार, ट्रान्सफर्मर तथा आवश्यक सामग्री व्यवस्थापन गरेर गाउँमा विद्युत् विस्तार गरिएको हो । यससँगै लुङ्गिनका अधिकांश बस्तीमा विद्युत् पहुँच पुगेको वडा कार्यालयले जनाएको छ । वडाध्यक्ष...

आलेखः फुसको छानोबाट सुरक्षित आवाससम्म

बागमती, १८ जेठः चितवनको राप्ती नगरपालिका–१२ का ५३ वर्षीय बाबुराम प्रजा पहिले वर्षा लाग्दा रातभर जाग्राम बस्न बाध्य हुन्थे । फुसको छानो चुहिने, हावाले उडाउन सक्ने र आगलागीको जोखिमले परिवार सधैँ त्रसित रहन्थ्यो । बर्सातका समयमा घरभित्र पानी पसेपछि सुत्ने ठाउँ सुरक्षित हुँदैनथ्यो । परिवारका सदस्यलाई भिज्नबाट जोगाउन भाँडा, बाल्टिन र अन्य सामग्री राखेर रात बिताउनुपर्ने अवस्था थियो । “मानिसलाई खानासँगै...

मेची-महाकाली उद्धार यात्रा जारी, एक सय ५९ सडक मानवको उद्धार

गण्डकी, १८ जेठः मानवसेवा आश्रम र आनीछोइङ डोल्मा फाउन्डेसनले संयुक्त रुपमा सुरु गरेको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’अन्तर्गत हालसम्म १५९ जना सडक मानवको उद्धार गरिएको छ । गत वैशाख २७ गते पूर्वको मेचीपुलदेखि सुरु भएको उद्धार यात्रा गण्डकी प्रदेशका विभिन्न जिल्ला हुँदै अहिले सिन्धुपाल्चोक पुगेको मानवसेवा आश्रमका केन्द्रीय महासचिव सुशीला केसीले जानकारी दिनुभयो । “सातै प्रदेशमा उद्धार यात्राको...

अनुदानको मल बिक्री गरिँदै

विराटनगर, १८ जेठः कोशी प्रदेशमा किसानलाई अनुदानको मल बिक्री गर्न ‘रासायनिक मल अनुदान निर्देशिका २०८२’ लागू गरिने भएको छ । पालिका उपाध्यक्ष, कृषि विकास अधिकृत र प्रशासकीय अधिकृतसहितको समितिले निर्णय गरेर रासायनिक मल वितरण गर्न लागिएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख कमल पोखरेलले बताउनुभयो । कोशी प्रदेशको १४ जिल्ला र मधेस प्रदेशका सिरहा र सप्तरी जिल्लामा मौज्दातका रुपमा रहेको डिएपी, युरिया...

रास्वपा महाधिवेशन: सभापति लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन

काठमाडौँ, १८ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुन लागेको महाधिवेशनको तयारीलाई तीव्रगति दिएको छ । रास्वपाले पहिलो ऐतिहासिक महाधिवेशनलाई सम्पन्न गर्नका लागि पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको हो । महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि पार्टी सभापति लामिछानेको अध्यक्षतामा ‘महाधिवेशन मूल आयोजक समिति’ गठन...

चियाबारीको हरियालीमा फक्रिँदै ल्वाङको पर्यटन

कास्की, १८ जेठः डाँडाभरि फैलिएको हरियो चियाबारी, पृष्ठभूमिमा टल्किरहेका अन्नपूर्ण र माछापुच्छ«े हिमाल, वरिपरि छरिएका परम्परागत गुरुङ बस्ती र शान्त ग्रामीण परिवेश । यी सबै दृश्य एकै ठाउँमा देख्न पाइन्छ कास्कीको ल्वाङ गाउँमा । पछिल्ला वर्षहरूमा यही चियाबारी ल्वाङको पहिचान मात्र होइन, पर्यटन विकासको मुख्य आधार बनेको छ ।पोखरा महानगरपालिका–२५ हेम्जाबाट खानेपानी, भेडाबारी र खोलामुख हुँदै ल्वाङ गाउँ...

मांसिमा खानेपानी आयोजना पुनर्निर्माण

किमाथाङ्का (सङ्खुवासभा), १८ जेठः जिल्ला सदरमुकाममा रहेको खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाअन्तर्गत सञ्चालित मांसिमा खानेपानी आयोजना पुनर्निर्माण भएसँगै सञ्चालनमा आएको छ । रु छ करोड ४७ लाख ५६ हजार ६०० को लागतमा पुनर्निर्माण गरिएको आयोजना सञ्चालनमा ल्याइएको हो । खानेपानीको मुहान मांसिमा देखि खाँदबारीसम्मको ४२ किलोमिटरमध्ये करिब साढे २० किलोमिटर ट्रान्समिसन पाइप पुनर्निर्माण गरिएको हो ।...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।