चित्रकार यादवको मिथिला चित्रकला

काठमाडौँ, १८ जेठः चित्रकार हरेराम यादवले मिथिला चित्रकलालाई केन्द्रमा राखेर एकल चित्रकला प्रदर्शनी गर्नुभएको छ ।

बबरमहलस्थित काठमाडौँ आर्ट ग्यालरीमा उहाँले ‘सिराहादेखि काठमाडौँ’ शीर्षकमा चित्रकला प्रर्दशनी गर्नुभएको हो ।

हिमालयन लाइटआर्ट अवार्डको अवार्ड प्राप्त गरेरपछि उहाँले यसै कार्यक्रमअन्तर्गत बनाएका चित्र प्रदर्शनी गर्नुभएको हो । बिहीबार हिमालयनआर्ट अवार्डका निर्देशक जस्टिन झाओ र चित्रकार एससी सुमनले संयुक्त रुपमा उक्त चित्र प्रदर्शनी उद्घाटन गर्नुभएको थियो । कला प्रदर्शनी यही जेठ २६ सम्म चल्नेछ ।

हिमालयन लाइट आर्ट अवार्ड सन्, २०१९ देखि सुरु भएको निर्देशक जस्टिन झाओले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सम्म उक्त अवार्ड कार्यक्रमबाट पृथ्वी श्रेष्ठ, मान गुरुङ, लभकान्त चौधरी, जगदिश मोक्तान, प्रियांकासिंह महर्जन, सुवास तामाङ, सुरेश बस्नेत, रिती महर्जनले प्राप्त गरिसक्नुभएको छ ।

चित्रकार यादवले – आफ्ना चित्र कृतिहरूमा छठ पर्व, गोवर्धन पूजा, सामा–चकेवा, झिझिया नृत्य आदि जस्ता लोकदेवता तथा सांस्कृतिक परम्परासँग सम्बन्धित विषयवस्तुलाई चित्रण गरेको बताउनुभयो ।

मिथिला कलाको इतिहास सन्, १९६० देखि सुरु भएको हो । भित्तेचित्रबाट सुरु भएको मिथिला कला कागज र क्यानभाससम्म विकसित हुँदै आएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।