Author

Srijana Puri

S

आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’

खोटाङ, २० जेठ: नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घ सङ्घीय परिषद्ले कलाकार, निर्देशक तथा छायाँकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई अवार्ड वितरण गरेको छ । चलचित्र विकास बोर्ड तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा चलचित्र महासङ्घले आयोजना गरेको तीन दिने ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ समापन कार्यक्रममा...

दलित पत्रकार सङ्घको अध्यक्षमा बराइली

काठमाडौँ, २० जेठः राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको अध्यक्षमा रेडियो धनकुटाका व्यवस्थापक गोपाल बराइली निर्वाचित हुनुभएको छ । यहाँ मङ्गलबार सम्पन्न सङ्घको दोस्रो महाधिवेशनबाट उहाँको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा गोरखापत्रका लक्ष्मण दर्नाल, खुला उपाध्यक्षमा विनोद परियार (रेडियो जागरण), महिला उपाध्यक्षमा सावित्री रसाइली (नेपाल टेलिभिजन), कोशी प्रदेश...

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

म्याग्दी, २० जेठ: अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको आज ७६ वर्ष पूरा भएको हो । यो हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । आठ हजार मिटरभन्दा अग्लो यस हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन...

झुपडीबाट पक्की घरमाः फेरिँदै लहानको मुसहर बस्ती

सिरहा, २० जेठः सिरहाको लहान नगरपालिका—२२ जहदी गमहरियास्थित मुसहर बस्तीको अचेल रूपरेखा फेरिएको छ । हिजोसम्म च्यातिएका त्रिपाल र जीर्ण फुसका छाप्राहरूले भरिएको यो बस्तीमा अहिले लहरै २४ वटा आधुनिक पक्की घरहरू ठडिएका छन् । लहान नगरपालिका र ‘ह्याबिट्याट फर ह्युमानिटी नेपाल’को कुल रु एक करोड २८ लाखभन्दा बढीको द्विपक्षीय लगानी, स्थानीय भवानी एकीकृत विकास केन्द्रको प्राविधिक सहयोग तथा सहजीकरण र स्थानीयको...

अन्नपूर्ण हिमाल आरोहण दिवसमा दोर्दीमा पर्यटन प्रवर्द्धन कार्यक्रम

काठमाडौँ, १९ जेठः ७६औँ अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा लमजुङको दोर्दी गाउँपालिकामा पर्यटन प्रवर्द्धन तथा अन्तक्र्रिया कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम आगामी जेठ २० र २१ गते सञ्चालन हुने आयोजकले जनाएको छ । उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, दोर्दी गाउँपालिका तथा अन्नपूर्ण संरक्षण आयोजना (एसीएपी)को सहकार्यमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)...

नेपाली सेनाः संयुक्त राष्ट्रसङ्घको विश्वसनीय र भरपर्दो शान्ति सैनिक

काठमाडौँ, १९ जेठ : नेपाली सेना संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यप्रति नेपालको प्रतिबद्धतालाई व्यवहारमा उतार्दै करिब साढे छ दशकदेखि शान्ति सैनिकका रूपमा विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा तैनाथ हुँदै आएको छ । विसं २०१५ मा ‘युनाइटेड नेसन्स् अब्जरभर ग्रुप इन लेबनान’ (युएनओजिआइएल)अन्तर्गत पाँच जना नेपाली सैनिक पर्यवेक्षकको तैनाथीसँगै विश्व शान्ति कार्यमा नेपालको यात्राको सुरुआत भएको...

सुरक्षा संयन्त्रको अध्ययन समितिको म्याद थप गर्ने सरकारको निर्णय

काठमाडौँ, १९ जेठ: सरकारले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेस गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न सिफारिस गर्न गठित अध्ययन समितिको कार्यावधि ४५ दिन थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको शिक्षा तथा खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो । बैठकले भूमि समस्या समाधान...

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

तानसेन (पाल्पा), १९ जेठ : मखमलको चोली, गलामा पहेँलो पोते र परम्परागत झोला भिरेका मगर समुदायका महिलाहरु डालामा स्थानीय परिकारका बटुक, चकाउनी, बारा, सेलरोटी र अचार बिक्रीमा व्यस्त छन् । तानसेन नगरपालिका–६, बर्तुङमा आयोजना गरिएको सडक खाना महोत्सवमा उनीहरुले तयार पारेका पाकवानको स्वाद लिन आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो देखिन्छ । पर्यटकहरु सांस्कृतिक कार्यक्रममा रमाउँदै स्थानीय परिकारको स्वाद...

रासस सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीको भवन निर्माण सुरु

अत्तरिया (कैलाली) १९ जेठः धनगढीस्थित राष्ट्रिय समाचार समिति (रासस) प्रदेश कार्यालय भवनको निर्माण शुभारम्भ भएको छ । आज एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले भवन निर्माणको शिलान्यास गर्नुभयो । त्यस अवसरमा उहाँले भवन निर्माणपछि राससलाई समाचार सम्प्रेषणमा थप टेवा पुग्ने र यसले समग्र सुदूरपश्चिमको पत्रकारिता विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।...

विचार– ‘नेपाल वेलनेस वर्ष’: सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ, १९ जेठ (रासस): विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ । कृत्रिम बुद्धिमत्ता, डिजिटल जडान, स्वचालन तथा वैज्ञानिक नवप्रवर्तनले मानव जीवनलाई नयाँ उचाइमा पु¥याइरहेका छन् । तर यही समयमा मानवता मानसिक तनाव, सामाजिक एक्लोपन, भावनात्मक असन्तुलन तथा आध्यात्मिक रिक्तताको चुनौतीसँग पनि सङ्घर्ष गरिरहेको छ । आर्थिक समृद्धि विस्तार भइरहेको छ, तर आन्तरिक शान्ति र जीवन सन्तुष्टिको...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।