Author

Srijana Puri

S

झाडी फाँडेर फलफूल बगैँचा

म्याग्दी, २२ जेठः बेनी नगरपालिका–९ गिठिनीका सुजन चोखालले बाझिँएको पाखोबारीमा झाडी फाँडेर फलफूल बगैँचा स्थापना गर्नुभएको छ । रामकृष्ण कृषि, पशुपन्छी तथा फलफूल नर्सरीका सञ्चालक २६ वर्षीय चोखालले पाखोबारीलाई सुन्तला, कागती, टिमुर, ओखर, किबी र अकबरे खुर्सानीखेती गरेर हराभरा बनाउनुभएको हो । “बालिविज्ञान विषयको पढाइ सकेर २०७५ सालमा स्थापना गरेको फार्ममा फलफूलका बिरुवा उत्पादन गर्दै आएको थिएँ”, उहाँले...

उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषिसामग्री

खोटाङ, २२ जेठः रावाबेँसी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र किसानको लागत घटाउने उद्देश्यले कृषक तथा कृषक समूहलाई एकैदिन रु २६ लाखबराबरको आधुनिक कृषि सामग्री प्रदान गरेको छ । गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा खरिद गरिएको आधुनिक कृषि सामग्री गाउँपालिकाभित्रका विभिन्न कृषि समूह, कृषि सहकारी संस्था र कृषि उद्यमीलाई प्रदान गरिएको हो । गाउँपालिकाको ७५ तथा किसानको २५ प्रतिशत लगानीमा खरिद गरिएको...

रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा

बर्दघाट सुस्तापश्चिम, (नवलपरासी) २२ जेठः बर्दघाट सुस्तापश्चिम नवलपरासीको रामग्राममा सांस्कृतिक भवन तथा सूचना केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । रामग्राम नगरपालिका–१४ मा रु ५४ लाखको लागतमा सो केन्द्र निर्माण सम्पन्न गर्न लागिएको हो । सांस्कृतिक भवन र सूचना केन्द्र जेठ महिनासम्म सम्पन्न गर्नेगरी रामग्राम नगरपालिका र हडहिया माई साँस्कृतिक भवन निर्माण उपभोक्ता समितिबीच २०८२ पुसमा सम्झौता भएको...

छिनामखुमा परम्परागत बालीको विकल्प बन्दै सुन्तला

भोजपुर, २२ जेठः टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा सुन्तलाखेती परम्परागत बालीको विकल्प बन्दै गएको छ । परम्परागत अन्नबालीभन्दा कम मिहिनेतमा राम्रो आम्दानी लिन सकिने, एकपटक बगान विस्तार गरेपछि वर्षौँसम्म निरन्तर उत्पादन दिने तथा बजारको सहज पहुँच हुनेजस्ता कारणले किसानको रोजाइ सुन्तलाखेती बन्न पुगेको हो । यहाँका किसानले बारी तथा पाखो जमिनको उपयोग गर्दै सुन्तलाका बगान विस्तार गरिरहेका छन् । सामान्य...

कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ

कञ्चनपुर, २२ जेठः कञ्चनपुर कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले नौ महिनापछि पक्राउ गरेको छ । विभिन्न मुद्दामा सजाय भुक्तान गरिरहेका दुवै जना २०८२ भदौ २४ गते कारागारबाट भागेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रसिंह थापाका अनुसार पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ बाणीका मदन चौधरी र कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरका अर्जुन खड्का रहेका छन् । उहाँका अनुसार चौधरी...

नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन

राँझा (बाँके), २२ जेठः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको करिब ६८ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२÷८३ का लागि वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण गरिएकामा गत वैशाख मसान्तसम्म रु १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार अर्थात् लक्ष्यको ६८.२ प्रतिशत असुली भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताउनुभयो । उहाँका अनुसार...

‘सिड रोडम्याप’ कार्यान्वयनमा जोड

पोखरा, २१ जेठः महिलाविरुद्ध हुने विभेद र हिंसा अन्त्यका लागि नेपालले गरेका अन्तरराष्ट्रिय प्रतिबद्धता व्यवहारमा कार्यान्वयन गर्न स्थानीय तहको भूमिका अझ सशक्त बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय र गैरसरकारी संस्था साथीको सहकार्यमा गण्डकी प्रदेशमा आयोजित ‘महिलाविरुद्धको भेदभाव उन्मूलन समिति (सिड) रोडम्यापसम्बन्धी...

तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति

जुम्ला, २१ जेठः जुम्लाको तिला गाउँपालिकाले लक्ष्यभन्दा बढी राजस्व रकम सङ्कलन गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यअर्थात् अनुमान गरेकोभन्दा बढी आन्तरिक राजस्व रकम सङ्कलन गरेको हो । महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार पालिकाले त्यस आवमा २६ लाख १७ हजार राजस्व सङ्कलन गरेको छ । गाउँपालिकाले चालु आवमा ठूला विकासे योजना कार्यान्वयनलाई तीव्रता दिएको छ । यसै क्रममा भौतिक...

दलित अधिकारको प्रभावकारी कार्यान्वयनमा सभामुखको प्रतिबद्धता

पाटन (ललितपुर), २१ जेठ : सभामुख डिपी अर्यालले संविधानको धारा ४० मा व्यवस्था भएका दलित समुदायका अधिकारको प्रभावकारी कार्यान्वयनका लागि सङ्घीय संसद् प्रतिबद्ध रहेको बताउनुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले जातीय विभेद तथा छुवाछूतको अन्त्य सरकार वा कुनै एक निकायको मात्र जिम्मेवारी नभई राज्य, राजनीतिक दल...

आलेख : विकास पर्खाइमा मुठाचौर

ढोरपाटन (बागलुङ), २१ जेठ : हरियाली आलु बारी । भर्खरै उमिँ्रदै गरेका मकै । वरपर चारैतिर पालुवा पलाएपछि रमणिय बनेको छ, मुठाचौर । समुन्द्री सतहदेखि करिब तीन हजार मिटरको उचाइमा रहेको मुठाचौर बागलुङको उच्च स्थानमा रहेको बस्ती हो । प्राकृतिक सुन्दरताले भरिएको मुठाचौर विकासका हिसाबले भने ओझेलमै छ । तमानखोला गाउँपालिका–२ मा पर्ने यस गाउँमा अहिलेसम्म खानेपानी र विद्युत्को सुविधा पुगेको छैन । भौगोलिक...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।