Author

Srijana Puri

S

आलेखः जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

काठमाडौँ, २९ जेठः पूर्वमा बागमती किनारदेखि पश्चिममा कीर्तिपुर डाँडाको फेदी र उत्तरमा चक्रपथको डिलसम्म फैलिएको त्रिभुवन विश्वविद्यालयले स्थापनाको ७० वर्ष पुग्नलाग्दा आफ्ना जमिनहरु खोज्दैछ । राज्यकै विभिन्न निकाय, आफ्नै प्राध्यापक र कर्मचारीका सङ्गठनदेखि पेटोलपम्प र बालुवा डिपोजस्ता व्यापारिक समूहबाट त्रिविको जमिन अतिक्रमणमा परेको छ । कतिपय जमिन प्रचारमा आए जस्तो अतिक्रमण नभएर कतै राज्यले त कतै...

पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न मन्त्री पुनको आग्रह

काठमाडौं, २९ जेठः विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र स्थानीय सरकारलाई आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन गर्न आग्रह गर्नुभएको छ । मन्त्रीले पुनले सामाजिक सञ्जालमार्फत विज्ञान तथा नवप्रवर्तनसम्बन्धी अनुदान पाउन आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन गर्नुपर्ने कुरालाई ध्यानमा राखेर बजेट बनाउन प्रदेश र स्थानीय...

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ, २९ जेठः नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट लागुऔषधसहित ३३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँबाट आठ, ललितपुरबाट छ, जुम्लाबाट चार, सुर्खेतबाट तीन, मोरङ, सिन्धुपाल्चोक, तनहुँ, रुपन्देही र बाँकेबाट दुई÷दुई तथा सिरहा र कैलालीबाट एक÷एक जना पक्राउ परेका हुन् । प्रहरीले उनीहरुबाट लागुऔषध खैरोहेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा), २९ जेठः उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको छ । निमै, सिमटारी, राइमनुवा, अञ्जना, मन्सुली, थापाचिनी, चाइना, कालानमक, झिनुवा, कृष्णभोग, समुद्रफिनी, मन्सरा, लल्का बासमती, पोखरेली मसिनो अनदीजस्ता स्थानीय जातका धान लोप हुने क्रममा रहेका हुन् । बढी फल्ने वर्णशङ्कर (हाइब्रिड) जातका धानको खेतीलाई किसानले प्राथमिकता दिन थालेपछि स्थानीय प्रजातिका उक्त धान विलुप्तोन्मुख हुन...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन), २९ जेठः चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरेको छ । वडा नं ४ का किसानलाई भैँसीपालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत अनुदानमा दुहुना भैँसी हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो । बागमती प्रदेश र इच्छाकामना गाउँपालिकाको सशर्त अनुदानमा सञ्चालित कार्यक्रमअन्तर्गत निर्माण भएका गोठ तथा खरिद...

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

अत्तरिया (कैलाली),२९ जेठः गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार गोदावरी नगरपालिका–४ की ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदको मृत्यु भएको हो ।

आज बिहान च्याउ खोज्न जङ्गलतर्फ गएका उनीहरु नदीमा बगेका हुन् । उनीहरुको शव वनदेवी मन्दिर पछाडि फेला परेको हो ।

Post Views: 100 29

खेतीको मुख्य याममा ट्रान्सफर्मर चोरीले किसान चिन्तित

सिरहा, २९ जेठः सिरहाको गोलबजार नगरपालिका–१३ दुर्गापुरस्थित सिमरा चौरमा सिँचाइका लागि जडान गरिएको ११ हजार भोल्ट क्षमताको ट्रान्सफर्मर बुधबार राति चोरी भएपछि सयौं किसान प्रभावित भएका छन् । खेतीपातीको मुख्य याममा विद्युत् आपूर्ति अवरुद्ध हुँदा सिँचाइ सेवा ठप्प भएको छ । किसान दुर्गेशकुमार सिंहले धान तथा अन्य बाली लगाउने तयारी भइरहेका बेला ट्रान्सफर्मर चोरी हुँदा किसान समस्यामा परेको बतउनुभयो ।...

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम), २९ जेठः चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा नौ वटा कुना भएको विशाल ‘माइपोखरी’ । पोखरी यति ठूलो छ कि एउटा कुनाबाट अर्को कुना देख्न सकिँदैन । इलामको सन्दकपुर गाउँपालिका–१ र ३ को सङ्गमस्थलमा रहेको धार्मिक पर्यटकीय क्षेत्र माइपोखरीले पछिल्लो समय आगन्तुकहरु आकर्षित गरिरहेको छ । यहाँ पुग्ने जो कोहीले एकपटक अवलोकनसँगै अनिवार्य तस्बिर खिचाउने र भिडियो बनाउने गरेका छन् । पछिल्लो...

हुम्ला अस्पतालमा किशोरकिशोरी-मैत्री सेवा सञ्चालन

सिमकोट, (हुम्ला), २९ जेठः यहाँको जिल्ला अस्पतालमा किशोरकिशोरी- मैत्री सेवा सञ्चालन भएको छ । बहिरङ्ग सेवाअन्तर्गत गत बुधबारदेखि अस्पतालले यो सेवा प्रारम्भ गरेको हो । स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा उमाकान्त तिवारीका अनुसार जिल्लाका नौदेखि १९ वर्षसम्मका बालबालिकालाई लक्ष्य गरी यो सेवा प्रारम्भ भएको हो । बुधबार र बिहीबार १० जनाले सेवा लिएका थिए । उक्त सेवाअन्तर्गत रजस्वला र त्यसक्रममा हुने...

धरानको पिण्डेश्वर बाबाधाममा तीर्थालु र पर्यटकको आकर्षण बढ्दो

धरान (सुनसरी), २९ जेठः धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित ऐतिहासिक तथा पौराणिक महत्वको अमृतपिण्ड पिण्डेश्वर बाबाधाम आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । मुलुकका विभिन्न जिल्लाका साथै छिमेकी भारतका सिक्किम, दार्जिलिङलगायत स्थानबाट यहाँ आउने तीर्थालुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको धरान उपमहानगरपालिका–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।