Author

Srijana Puri

S

लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

काठमाडौँ, १ असारः रसुवाको प्रसिद्ध पर्यटकीय स्थल लाङटाङको क्यान्जिन गुम्बालगायत स्थानमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । प्राधिकरणको रसुवा वितरण केन्द्र प्रमुख गुञ्जमान तामाङका अनुसार गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङको क्यान्जिन गुम्बा र आसपासका क्षेत्रमा केन्द्रीय प्रसारण लाइन जोडिएसँगै नियमित रुपमा बिजुली बल्न थालेको छ । प्राधिकरणले गोसाइँकुण्ड, लाङटाङलगायत...

परराष्ट्रमन्त्रीद्वारा ‘चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन

काठमाडौँ, १ असारः चीनको चार दिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले ‘इन्स्टिच्युट अफ टिबेटियन प्लाटो रिसर्च, चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन गर्नुभएको छ । आज बिहान सो अनुसन्धान संस्थानको स्थलगत अवलोकन गर्नुभएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । अवलोकनका क्रममा उहाँले दुईदेश बीचमा अझ गहन सहकार्यको आवश्यकता रहेकामा जोड दिनुभएको थियो । उहाँ चीनका विदेश मामिलामन्त्री तथा...

ताप्लेजुङमा अलैँची महोत्सव हुने

फुङ्लिङ (ताप्लेजुङ), १ असारः अलैँची प्रवद्र्धन गर्ने उद्देश्यले ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा असारको १२ र १३ गते प्रदेशस्तरीय अलैँची महोत्सवको आयोजना हुने भएको छ । ताप्लेजुङमा पहिलोपटक उक्त महोत्सव हुन लागेको महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङ्बुहाङले बताउनुभयो । आठराई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा हुन लागेको सो महोत्सवमा अलैँचीका...

उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु

काठमाडौँ, १ असारः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाभर ‘जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ’ भन्ने नाराका साथ आजदेखि विशेष सडक सचेतना अभियान सुरु गरेको छ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी...

केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी

पर्वत, १ असारः फलेवासका छविलाल पौडेलले केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट वार्षिक रु १२ लाख आम्दानी गर्नुभएको छ । कालीगण्डकी नदी किनारमा रहेको उहाँको घर वरिपरिको झण्डै ७० रोपनी जग्गामा रु ४० लाख लगानीबाट सो आम्दानी गर्नुभएको हो । दक्षिण कोरियाको जागीरे जीवन त्यागेर गाउँमै फर्किएपछि व्यावसायिक रुपमा फलफूलखेती गर्न थालेकाले उहाँ अहिले गाउँको उदाहरणीय किसान बन्नुभएको छ । पौडेलको केरा बगैँचामा...

तीर्थयात्रीको रसुवागढीमा चाप

रसुवा, १ असारः मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीको नेपाल–चीन सीमा रसुवागढी नाकामा भीडभाड हुन थालेको छ । रसुवागढी नाका छोटो, सहज र सुविधाजनक हुनेहुँदा विदेशी तथा नेपाली यात्रुको चाप उल्लेखनीय रूपमा वृद्धि भएको हो । अध्यागमन कार्यालय रसुवागढीका प्रमुख यादव भण्डारीका अनुसार सन् २०२६ को जनवरीदेखि जुन १४ तारिखसम्म रसुवागढी नाकाबाट १७ हजार २४१ जना यात्रु चीनतर्फ प्रस्थान गरेका छन् । प्रस्थान गर्ने...

तीर्थयात्रीको रसुवागढीमा चाप

रसुवा, १ असारः मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीको नेपाल–चीन सीमा रसुवागढी नाकामा भीडभाड हुन थालेको छ । रसुवागढी नाका छोटो, सहज र सुविधाजनक हुनेहुँदा विदेशी तथा नेपाली यात्रुको चाप उल्लेखनीय रूपमा वृद्धि भएको हो । अध्यागमन कार्यालय रसुवागढीका प्रमुख यादव भण्डारीका अनुसार सन् २०२६ को जनवरीदेखि जुन १४ तारिखसम्म रसुवागढी नाकाबाट १७ हजार २४१ जना यात्रु चीनतर्फ प्रस्थान गरेका छन् । प्रस्थान गर्ने...

मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

म्याग्दी, १ असारः म्याग्दी नदीले तटीय क्षेत्रमा गर्ने कटान, स्थानीय खोल्साहरूमा आउने बाढी र पहिरोले मङ्गला गाउँपालिकामा विपद्को जोखिम बढाएको छ । विगतका ठूला विपद्का घटना, नदी कटानबाट खेतीयोग्य जमिनमा पुगेको क्षति र बस्तीमा बढ्दो जोखिमका कारण गाउँपालिकाले संरक्षण तथा जोखिम न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाका अनुसार तटीय क्षेत्रमा म्याग्दी नदीको कटान...

सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा

चन्द्रपुर (रौतहट), १ असार : रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय पक्षले एकतर्फी रूपमा बनाएको बाँध मर्मतको बाहनामा झन् अग्लो र बलियो बनाएको छ । सीमा क्षेत्रको दशगजा वा त्यसको नजिक दुवै देशको सहमतिबिना कुनै पनि भौतिक संरचना निर्माण, विस्तार वा परिवर्तन गर्न नपाइने नियम भए पनि भारतीय पक्षले बाँध मर्मतको बाहनामा झन् अग्लो र बलियो बनाएको हो । छिमेकी देशको भूभागमा डुबान वा अन्य वातावरणीय क्षति...

बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला

ढोरपाटन (बागलुङ), १ असार : काँधमा भारी । साथमा सयाँैका सङ्ख्यामा वस्तुभाउ । पसिनाले निथ्रुक भिजेको शरीर । अनुहारमा थकान । ससाना पाठापाठी र पाडापाडी बोकेका गोठला मध्यपहाडी लोकमार्गको निसीखोला र ढोरपाटन सडकको ठाउँठाउँमा भेटिन्छन् । सेताम्य भेडाका बथान र गाईभैँसीको हुलले सडक नै छेकिनेगरी हिँडिरहेका हुन्छन् । यसरी आफ्नै गतिमा हिँडेका गोठाला र वस्तुभाउ लेकका खर्क र बुकीपाटन उक्लिन थालेका हुन् । बर्खा...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।