Author

Srijana Puri

S

प्रधानमन्त्री शाह चितवनमा

चितवन, ७ असारः प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह आजदेखि यहाँ आयोजना हुने पार्टीको प्रथम अधिवेशनमा सहभागी हुन केहीबेरअघि यहाँ आइपुग्नु भएको छ ।

आज अपराह्न प्रारम्भ हुने महाधिवेशनको पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टीका महामन्त्री भूपदेव शाहले राससलाई जानकारी दिनुभयो ।

Post Views: 100 27

नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह

वासिङ्टन डिसी, ७ असारः अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्न यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ । ‘नेपाली डायस्पोरा र नेपालको समृद्धि, व्यापार, लगानी र नवप्रवर्तनमा चुनौती र अवसर’ शीर्षकमा दूतावासले आज यहाँ आयोजना गरेको छलफलमा कार्यवाहक राजदूत शरद्राज अर्यालले मातृभूमिको उन्नयनका निम्ति पुँजी परिचालन गर्न अनुरोध गर्नुभएको हो । विदेशमा...

विचार- अन्तरराष्ट्रिय योग दिवस सन्दर्भः आरोग्य पर्यटन पर्यटनमा योग

काठमाडौँ, ७ असार (रासस): आधुनिक चिकित्सा पद्धतिले शारीरिक रोगहरुको निराकरणमा अतुलनीय प्रगति हासिल गरे तापनि आन्तरिक बेचैनी, खराब आचरणबाट सृजित समस्याहरू र आत्मिक शून्यताको पूर्ण समाधान ठम्याउन सकेको देखिँदैन । यही धरातलमा टेकेर हाल विश्व परिवेशमा आरोग्य पर्यटनको दायरा निकै द्रुत गतिमा फैलिँदै गइरहेको अवस्था छ । आधुनिक जीवनसँगै धेरै मान्छेहरूको जीवनशैली परिवर्तन भएको छ । जसका कारणले मान्छेहरुमा...

ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन

काठमाडौँ, ७ असारः बितेका २४ घण्टामा एक हजार ७८२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ९४ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ७५, सङ्केत बत्ती उल्लङ्घनकर्ता ८२ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११० जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना...

डुबेर तीन जनाको मृत्यु

कर्णाली, ७ असारः सुर्खेतमा शनिबार डुबेर तीन जनाको ज्यान गएको छ ।

सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० की १४ वर्षीया सम्झना थापा र १२ वर्षीया कल्पना रावतको शनिबार साँझ टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

यसैगरी, दैलेखको गुराँस गाउँपालिकाका १८ वर्षीय रमेश पुनको शनिबार नै दहतातलमा डुबेर मृत्यु भएको छ ।

Post Views: 100 25

नियमित योग अभ्यासले स्वास्थ्य सबल र मानसिक शान्ति हुने

काठमाडौँ, ७ असारः उपराष्ट्रपति रामसहायप्रसाद यादवले नियमित योग अभ्यासबाट शारीरिक स्वास्थ्यका साथै मानसिक शान्ति, सकारात्मक सोच र आत्मिक उत्थानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । अन्तरराष्ट्रिय योग दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले योगलाई दैनिक जीवनशैलीमा आत्मसात् गरी स्वस्थ, अनुशासित र सन्तुलित जीवनतर्फ अग्रसर हुन सबैमा आग्रह गर्नुभएको छ। उपराष्ट्रपति यादवले पछिल्लो समय...

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ, ७ असारः राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गर्नुभएको छ । बाह्रौँ विश्वयोग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गर्नुभएको हो । योग शरीर, मन र आत्मालाई एकसाथ जोड्ने समग्र अभ्यास भएको, यसमा ध्यान...

कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण

त्रिवेणी (नवलपरासी), ७ असारः नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कालीगण्डकी नदी किनारलाई धार्मिक, पर्यटकीय तथा मनोरञ्जनात्मक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पदमार्ग निर्माण प्रारम्भ भएको छ । गाउँपालिकाले कालीगण्डकी किनारको बालीघाट क्षेत्रबाट पदमार्ग निर्माण थालिएको हो । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र पर्यटकीय सम्भावनालाई एकसाथ जोड्दै क्षेत्रको समग्र विकास गर्ने लक्ष्यसहित पदमार्ग निर्माण...

अन्तरराष्ट्रिय अयनोत्सव दिवस आजः सांस्कृतिक सम्पदा र शताब्दीयौँ पुराना परम्पराको एकताको प्रतीक

काठमाडौँ, ७ असारःआज विश्वका विभिन्न स्थानमा अन्तरराष्ट्रिय अयनोत्सव दिवस (वर्षमा दुई पटक हुने खगोलीय घटना, जब सूर्य पृथ्वीको भूमध्यरेखाको तुलनामा आफ्नो यात्रामा सबैभन्दा उत्तर वा सबैभन्दा दक्षिण बिन्दुमा पुग्ने दिन) विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय महासभाले अयनोत्सव तथा विषुव (संसारका अधिकांश स्थानमा दिन र रातको अवधि लगभग बराबर हुने दिन)लाई सांस्कृतिक सम्पदा, कृषि परम्परा...

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

काठमाडौँ, ७ असारः हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ भने देशका अन्य भू–भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने अन्य तराई भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाले आज दिउँसो...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।