Author

Srijana Puri

S

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ, १० असारः बितेका २४ घण्टामा दुई हजार ५५० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख २४ हजार ५०३ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १०२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४० र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका २०७ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ, १० असारः आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा विविध विविध कार्यक्रमका साथ मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२२ देखि प्रत्येक वर्ष जुन २४ लाई यो दिवसका रूपमा मनाउन प्रारम्भ गरेको हो । उक्त विश्व संस्थाका अनुसार कूटनीतिमा महिलाहरू केवल अन्तरराष्ट्रिय मामिलाका सहभागी मात्र नभई शान्तिका निर्माता, समानताको पक्षधर तथा विश्वव्यापी सहकार्यको भविष्य निर्माण...

लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना

काठमाडौँ, १० असारः हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा साधारणतया बदली रहेको छ भने मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी...

दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट

खोटाङ, १० असारः दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट विनियोजन गरेको छ । बाँदरको आतङ्कबाट पीडित किसानलाई राहत दिलाउन नगरपालिकाले १५औँ नगरसभाबाट हरेक वडा तथा टोलमा ‘बाली हेरालु’ राख्नका लागि बजेट विनियोजन गरेको हो । नगर उपप्रमुख विशन राईले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा बाँदरलगायतका वन्यजन्तुबाट कृषि बालीमा हुने क्षति न्यूनीकरणका लागि रु ४५ लाख...

सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

डुम्रे (तनहुँ), १० असारः “कामको सिलसिलामा धेरै समय घर बाहिर भइन्छ, त्यतिबेला आफ्नो भाषा बोलिँदैन, हामीले काम गर्दै गर्दा खस भाषा मात्रै बोलियो । अहिले हाम्रो भाषा हराउने अवस्थामा पुगेको छ”, आँबुखैरेनी गाउँपालिका–२ घुम्तीका इन्द्रबहादुर भुजेलले गुनासो गर्नुभयो । आफ्नो भाषा कम बोलिने अवस्थाका कारण नयाँ पुस्ताले पनि भाषा सिक्न नसकेको उहाँले सुनाउनुभयो । पहिले त विद्यालयसम्म पुगेर पढ्ने अवस्था थिएन ।...

शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

कञ्चनपुर, १० असारः नेपाल पन्छी संरक्षण सङ्घले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्य तथा समन्वयमा यस वर्षको सुनौलो तोपचराको गणना सुरु गरेको छ । मङ्गलबारदेखि सुरु गणना पाँच दिनसम्म सञ्चालन हुनेछ । गणनाका क्रममा बासस्थान, आहारा, सङ्ख्या, आनीबानीका बारेमा अध्ययन गरिने सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताउनुभयो । उहाँका अनुसार सन् २०१४ देखि निरन्तर रूपमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको...

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

नारायणगढ (चितवन), १० असारः भरतपुर अस्पतालको सिटी स्क्यान मेसिनमा समस्या आउँदा सेवा अवरुद्ध भए पनि बिरामीको सहजताका लागि वैकल्पिक व्यवस्था गरिएको छ । अस्पतालमा मेसिन बिग्रेका कारण केही दिनदेखि सेवा प्रवाह गर्न नसकिएपछि निजी अस्पतालहरूसँगको समन्वयमा सेवालाई निरन्तरता दिइएको अस्पतालले जनाएको छ । अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार सिटी स्क्यानका लागि आउने बिरामीहरूलाई मर्का नपरोस् भनी...

बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित

सिमकोट (हुम्ला), ९ असारः हिमाली जिल्ला हुम्लामा असारे झरी नहुँदा बाली सुक्दै गएपछि यहाँका किसान चिन्तित हुन थालेका छन् । लामो समयदेखि पानी नपर्दा कोदो, चिनो, कागुनो, भट्ट, काउनीलगायत तरकारी बालीसमेत सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका हुन् । जिल्लाको सिमकोट गाउँपालिका–१ का किसान जानकी भण्डारीले असारमा पानी नपरेकाले बाली सुक्दै जान थालेको बताउनुभयो । सिमकोट गाउँपालिका–२ का किसान रुप्सी बोहराले...

आलेखः ‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी), ९ असारः धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्नुहुन्छ, “गर्मी र वर्षाको समयमा फोहर दुर्गन्धित भएर चारकोसे जङ्गलको बाटो यात्रा गर्नै कठिन हुन्छ । त्यही फोहरबाट निस्किने झिँगा र लामखुट्टेका कारण घरमा बालबालिका बिरामी पर्ने जोखिम उच्च छ । कहिले फोहर जलाएको धुवाँले त कहिले दुर्गन्धले गर्दा बाटोमा हिँडिसक्नुहुँदैन ।” पहिले ‘सफा हरित सहर’ भनेर चिनिने धरानमा अहिले नाक थुनेर...

विचारः चिकित्सक व्यावसायिक क्षतिपूर्ति बिमाः कार्यान्वयनको बाटो

काठमाडौँ, ९ असार (रासस): नेपालको स्वास्थ्य क्षेत्र अहिले एउटा गम्भीर र अभूतपूर्व सङ्क्रमणकालबाट गुज्रिरहेको छ । एकातिर नागरिकहरूमा आफ्नो स्वास्थ्य र कानुनी अधिकारप्रतिको चेतना अभूतपूर्व रूपमा बढेको छ भने अर्कोतिर उपभोक्ता अदालतको बढ्दो सक्रियता, नयाँ कानुनी व्यवस्थाहरू र सर्वोच्च अदालतका पछिल्ला फैसलाहरूले चिकित्सकीय लापरबाहीको मुद्दालाई निकै संवेदनशील मोडमा पुर्याएका छन् । उपचारका क्रममा हुने...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।