भोजपुर, ११ असारः भोजपुरको पौवादुङमा गाउँपालिका–४ बास्तिममा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण ‘ठूलो आहाल’ क्षेत्रको संरक्षण तथा व्यवस्थापन कार्य सुरु गरिएको छ । ओझेलमा परेको यस स्थललाई व्यवस्थित गर्दै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित गाउँपालिकाले संरक्षण अभियान अघि बढाएको हो । स्थानीयस्तरमा आकर्षक प्राकृतिक पोखरीका रूपमा रहेको ठूलो आहाल क्षेत्र पर्यटकका लागि सम्भावनायुक्त...










