Author

Srijana Puri

S

मुनामा पक्की नाला निर्माण

म्याग्दी, ११ असारः धौलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण भएको छ । सङ्घीय सरकारको विशेष अनुदानमा धौलागिरि गाउँपालिकाले मुना गाउँको सरसफाइ र ढल व्यवस्थापनका लागि नाली (पक्की नहर) निर्माण गरेको हो । मुनामा हाल धौलागिरि गाउँपालिकाको केन्द्र रहेको छ । भिरालो पाखोमा गुजमुज्ज बाक्लो बस्ती रहेको मुनाका घरहरुबाट निस्कने फोहर पानी र बर्खा याममा बग्ने पानीको सुरक्षित तथा व्यवस्थित...

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ, ११ असारः बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ३१ हजार ५०२ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६३, सङ्केत बत्ती उल्लङ्घनकर्ता ९९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११५ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन, ११ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी छ । गएरातिदेखि पार्टीको नयाँ पदाधिकारी (सदस्य) चयनका लागि मतदान थालिएको थियो । आज दिउँसो १२ः०० बजेसम्म पहिलो चरणको मतदान हुने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । हालसम्म करिव एकहजार ६०० भन्दा वढी प्रतिनिधिले आफ्नो मताधिकारको प्रयोग गरेका जनाइएको छ । आयोगका प्रमुख भुवन केसीका अनुसार पहिलो चरणको...

पोषण लेखाजोखा : तीन सय ४७ बालबालिका कुपोषित

टीकापुर, ११ असारः वैशाख महिनामा गरिएको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रमका बेला टीकापुरमा बालबालिकामा कुपोषणको जोखिम धेरै देखिएपछि पालिकाले पोषण सुधारका लागि छलफल थालेको छ । टीकापुरमा वैशाखमा गरिएको पोषण लेखाजोखा तथ्याङ्कअनुसार पाँच वर्षमुनिका ७५ बालबालिका शीघ्र कुपोषणको जोखिममा छन् भने २७२ जना मध्यम कुपोषित भेटिएका छन् । पालिकाले कुपोषित बालबालिका धेरै देखिएपछि महिला स्वास्थ्य स्वयंसेविकालाई...

झापामा साल्ट ट्रेडिङद्वारा मल वितरण

झापा, ११ असारः साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनीको झापा शाखाले जिल्लाका सहकारी र कृषि फार्महरूमार्फत किसानलाई रासायनिक मल बिक्री गरिरहेको जनाएको छ । कर्पोरेसनको झापा शाखाका प्रमुख विष्णु न्यौपानेले चालु आर्थिक वर्ष २०८२र८३ मा कूल ७०८।५ मेट्रिक टन रासायनिक मल बिक्री वितरणका लागि ल्याइएको बताउनुभयो । यसमा युरिया मल १७२।५० मेट्रिक टन, डिएपी मल २२६ मेट्रिक टन र पोटास मल ४१०...

लमजुङमा विद्युत् उत्पादन बढ्यो

लमजुङ, ११ असारः जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने लमजुङमा यतिबेला विद्युत् उत्पादन बढ्न थालेको छ । पर्याप्त पानी अभावमा विद्युत् उत्पादनमा कमी आइरहेको यहाँका विभिन्न आयोजनामा बर्खा लागेसँगै नदीनालामा पानीको बहाव बढ्न थालेपछि विद्युत् उत्पादन बढ्न थालेको हो । बेँसीसहर नगरपालिका–१ दलालमा रहेको जिल्लाको पहिलो ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रमा...

टरिगाउँ विमानस्थलका लागि २५ करोड

तुलसीपुर (दाङ), ११ असारः दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलका लागि रु २५ करोड विनियोजन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वार्षिक बजेटमा उक्त विमानस्थलका लागि रु २५ करोड समावेश भएको हो । विमानस्थलको धावनमार्गलाई दुई हजार ५०० मिटरसम्म विस्तार गर्न जग्गा व्यवस्थापनसहित अन्य पूर्वाधार व्यवस्थापन गर्न उक्त बजेट विनियोजन गरिएको दाङ निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका सांसद...

जुम्लाका आठवटै स्थानीय तहले ल्याए बजेट

जुम्ला, ११ असारः जुम्लाका आठवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । जिल्लामा रहेका एक नगरपालिकासहित सात गाउँपालिकाले बुधबार एकैसाथ बजेट सर्वजनिक गरेका हुन् । यहाँको चन्दनाथ नगरपालिकाले रु ५९ करोड ४६ लाख ७१ हजार बजेट सार्वजनिक गरेको छ । तातोपानी गाउँपालिकाले रु ५४ करोड २८ लाख आठ हजार, पातारासी गाउँपालिकाले रु ४५ करोड ४६ लाख छ हजार र तिला...

पूर्वाधार निर्माणमा धवलागिरिको फड्को

म्याग्दी (बेनी), ११ असारः म्याग्दीको धवलागिरि गाउँपालिकाले भवन पूर्वाधार निर्माणमा फड्को मारेको छ । साबिकको मुना गाविसको भवनमा तला र कोठा थप गरी सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माणलाई अन्तिम चरणमा पुर्‍याएको छ । धवलागिरि-३ घट्टेखोलामा स्थानीयबाट १४ रोपनी जग्गा निःशुल्क प्राप्त भएपछि गाउँपालिकाले सङ्घीय सरकारसँगको साझेदारीमा प्रशासकीय भवन निर्माणको योजना अघि बढाएको थियो...

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ, ११ असारः स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप-२०२६ को ‘नकआउट’ चरणमा प्रवेश गरेको छ । क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा आज भएको खेलमा घरेलु टोली क्यानडालाई २-१ गोलअन्तरले हराउँदै स्विट्जरल्यान्ड समूह ‘बी’को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो । स्विट्जरल्यान्डको जितमा रुबेन वर्गासले गोल गरे । उनले खेलको ४६ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए ।...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।