Author

Srijana Puri

S

४९ हजार बढी पशुचौपायामा कृत्रिम गर्भाधान

राँझा (बाँके), १४ असारः बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म ११ महिनामा ४९ हजार ५८७ पशुचौपायालाई कृत्रिम गर्भाधान गराइएको छ । कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा खिमानन्द खनालका अनुसार २८ हजार ५८८ गाई, २० हजार ५२६ भैँसी तथा ४७३ बाख्रा गरी ४९ हजार ५८७ पशुलाई कृत्रिम गर्भाधान गराइएको हो । पछिल्लो समयमा पशु चौपायालाई...

आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत

गोरखा, १४ असारः कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन सद्भावना दूत घोषणा गरेको छ । सर्वोच्च शिखर सगरमाथा सबैभन्दा छोटो समयमा आरोहण गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेकी लामालाई हालै सम्पन्न गाउँ सभाले पर्यटन सद्भावना दूत घोषणा गरेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । सो पालिकाले यो वर्षलाई मनास्लु हिमालको सफल आरोहणको ७०औँ वर्ष पूरा भएको...

विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी

काभ्रेपलाञ्चोक, ११ असारः पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गको काभे्रपलाञ्चोक–सिन्धुली खण्डमा स्थायी रुपमा थालिएको पुनर्निर्माणकार्यसँगै अबको केही दिनमै पुनर्निर्मित ट्रयाकबाटै सवारी आवागमनको तयारी भइरहेको छ । यसका लागि पछिल्ला केही महिनादेखि पुनर्निर्माणलाई तीव्रता दिइँदै आइएको हो । पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको रुपमा रहेको उक्त...

तातो हावाको लहर कायमै रहने सम्भावना

काठमाडौँ, ११ असार : देशका पश्चिमी तराई क्षेत्रमा तातो हावाको लहर (हिटवेभ) को प्रभाव आज पनि कायमै रहने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा तातो लहर चल्ने सम्भावना रहेको जनाएको छ । विभागका प्रवक्ता विभूति पोखरेलले गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मीका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले विशेष सतर्कता...

थलथलेमा खानेपानीको समस्या हट्यो

भोजपुर, ११ असारः यहाँको थलथले खानेपानी आयोजनामार्फत ३३ घरमा ‘एक घर, एक धारा’ जडान भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अन्तर्गत सञ्चालन गरिएको यो योजनाबाट खाँदबारी नगरपालिका–६ सङ्खुवासभाका स्थानीयको घरघरमा धारा जडान गरिएपछि सहजता भएको हो । आयोजना सम्पन्न भएसँगै टाढाबाट पानी बोक्ने बाध्यता हटेको र दैनिक जीवन सहज बनेको स्थानीयवासीले बताएका छन् । निर्माण उपभोक्ता समितिका अध्यक्ष उमनाथ सारु...

बेनी–जोमसोम सडक १२ घण्टापछि खुल्यो

म्याग्दी, ११ असारः सडकमा थुप्रिएको ढुङ्गा पन्छाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा १२ घण्टापछि यातायात सेवा सञ्चालन भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा गए राति विद्युतीय गाडीमाथि ढुङ्गा खसेर च्यापिँदा मुस्ताङस्थित कोरला नाकाबाट विद्युतीय गाडी चलाएर पोखरातर्फ जाँदै गरेका वीरगञ्ज महानगरपालिकाका २३ वर्षीय सोहिल मियाको मृत्यु...

आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

झापा, ११ असारः जङ्गलको बाटो, काँधमा क्यामरा अनि आँखामा चरा खोज्ने सपना बोकेर मेचीनगर–६ काँकडभिट्टाका देवेन्द्र खरेल एक दशकदेखि दौडधुप गरिरहनुभएको छ । पेसा र सोखले फोटोग्राफर खरेल आज नेपालकै वन्यजन्तु संरक्षण र चरा अनुसन्धानमा इतिहास ब्युँताउने नाम बन्नुभएको छ । नेपालमा डेढ सय वर्षदेखि नदेखिएको दुर्लभ चरा ‘हङरायो’ र नेपालकै इतिहासमा पहिलोपटक ‘हरित परेवा’ पत्ता लगाएर विश्वभर सनसनी मच्चाउने खरेल हाल...

बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति

किमाथाङ्का (सङ्खुवासभा), ११ असारः यही असार ८ गते आएको बाढीबाट मकालु गाउँपालिकामा निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा ठूलो क्षति पुगेको छ । अविरल वर्षासँगै आएको बाढी मकालु–२ मा निर्माणाधीन ४५ मेगावटको कसुवाखोला जलविद्युत् आयोजनाको ड्यामसाइटमा बाढी पसेर ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो । बाढीले निर्माण कम्पनी माउण्टेन इन्फ्रा कम्पनी...

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

काठमाडौँ, ११ असारः वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशीअर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ । यस वर्ष अधिकमासका कारण सौरमासअनुसारको ज्येष्ठ शुक्ल एकादशीमा तुलसी रोप्न नहुने भएकाले शुद्ध ज्येष्ठ एकादशीका...

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

काठमाडौँ, ११ असारः उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । त्यस अवसरमा नेपालका लागि रुसी राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभले असंलग्नता तथा पञ्चशीलका सिद्धान्तमा आधारित नेपालको सार्वभौम परराष्ट्र नीतिलाई रुसले सधैँ उच्च मूल्याङ्कन गर्दै आएको बताउनुभएको छ । नेपाल–रुस सुमधुर सम्बन्धका बारेमा चर्चा गर्दै उहाँले...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।