Author

Srijana Puri

S

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

काठमाडौँ, १७ असारः कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ । किसानलाई राहत हुनेगरी धानबालीका लागि थप आवश्यकपर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको हो । सरकार–सरकार (जिटुजी) सम्झौताअन्तर्गत भारतबाट आयात हुनलागेको ३० हजार मेट्रिकटन युरिया मल साउनको दोस्रो...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि …

गुल्मी, १७ असारः यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट –५ निवासी ६० वर्षीया हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिनुभयो । गए राति करिब १ः३० बजेको समयमा घाइते हुनुभएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएकामा राति नै चिकित्सकले...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ), १७ असारः यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइने भएको छ । यसका लागि रुद्राक्षको बिरुवा रोपन थालिएको छ । अनुसन्धानका क्रममा रुद्राक्ष उत्पादनका लागि उपयुक्त वातावरण देखिएपछि यस स्थानका सामुदायिक वनमा रुद्राक्ष रोपन थालिएको डिभिजन वन कार्यालयले जनाएको छ । यहाँको सामुदायिक वनको तीन हेक्टर क्षेत्रफलमा पकेट क्षेत्रका रूपमा विकास...

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

काठमाडौँ, १७ असारः बितेका २४ घण्टामा दुई हजार १५७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २१ लाख ४० हजार ५४६ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०१, सङ्केत बत्ती उल्लङ्घनकर्ता १०५ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११७ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन...

दिक्तेलको रुपाकोट मझुवागढीमा मूर्तिकला कार्यशाला

खोटाङ, १७ असारः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मूर्तिकलासम्बन्धी १५ दिने कार्यशाला सुरु भएको छ । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी संरक्षण तथा प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा कार्यशाला आयोजना गरेको हो । दिक्तेलस्थित शुभम् फाउन्डेसनमा सुरु भएको कार्यशालामा ‘विश्वको उत्कृष्ट नेपाल बनाउने महाअभियान’ नामक संस्थामा आबद्ध १८ जना मूर्तिकारले ढुङ्गामा विभिन्न आकृतिका मूर्ति...

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

मध्यविन्दु (नवलपरासी), १७ असारः नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले घरघरबाट सङ्कलन हुने जैविक फोहरलाई प्रशोधन गरी जैविक मल उत्पादन गर्दै आम्दानीसमेत गर्न थालेको छ । फोहर व्यवस्थापन अधिकांश स्थानीय तहका लागि चुनौतीको विषय भइरहेका बेला नगरपालिकाले सञ्चालन गरिरहेको सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्रमार्फत सङ्कलित जैविक फोहर प्रशोधन गरी उत्पादन गरिएको मल स्थानीय...

म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा

म्याग्दी, १७ असारः म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । छवटा स्थानीय तह र ४५ वडा रहेको जिल्लाका सबै लक्षित बालबालिकाले तोकिएको खोपको सबै मात्रा लगाएपछि मङ्गलबार पूर्णखोप घोषणा गरिएको हो । जिल्लामा रहेका १५ महिनाभित्रका एक हजार ८० बालबालिकाले नियमित र पाँच वर्षमुनिका तीन हजार ९७४ जना बालबालिकाले पूर्णखोप लगाएका प्रदेश जनस्वास्थ्य...

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

गोदावरी (कैलाली), १७ असारः यहाँस्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती सेवाका लागि विशेषज्ञ डाक्टर नहुँदा सो सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई महिनाअघि नै रेडियोलोजिस्ट डा होम पन्तको कोशीमा सरुवा फिर्ता भएपछि उहाँले जागिरबाट राजीनामा...

आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द

चितवन, १७ असारः चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने भएको छ । निकुञ्जले वर्षात्को समयमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अर्को सूचना नगरिएसम्मका लागि सफारी सेवा बन्द गरिएको हो । उहाँले भन्नुभयो, “वन्यजन्तु र चराचुरुङ्गीको प्रजननका लागि वर्षायाम उपयुक्त...

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १७ असारः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसुन विस्तार भएको छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ । बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशको एकदुई स्थानमा...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।