Author

Srijana Puri

S

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

म्याग्दी, १८ असारः म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति योजना सम्पन्न भएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि वडा नम्बर १ को कार्यालय रहेको निस्कोट जोड्ने सडक स्तरोन्नतिका लागि विसं २०७८ देखि सुरु भएको योजना पाँच वर्षपछि पूरा भएको हो । छ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७८ माघ ७ मा निर्माण कम्पनीले रु दुई करोड ८३ हजारमा ठेक्का सम्झौता गरेको...

पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

तानसेन (पाल्पा) , १८ असारः पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ । पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा जिल्लामा डिएपी मलको माग बढ्दो क्रममा रहेको देखिन्छ भने युरिया मलको खपत क्रमशः घट्दो देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड, पाल्पाका शाखा प्रबन्धक सिर्जना पाण्डेका अनुसार आव २०८०/ ८१ मा दुई हजार मेट्रिक टन युरियाको माग गरिएको थियो । यसमध्ये एक हजार २९१ दशमलव ९५ मेट्रिक टन खपत...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

मान्म (कालीकोट), १८ असारः यहाँस्थित रास्कोट नगरपालिकाले घरदैलोमै पुगेर लाभाग्राहीदलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका लाभग्राहीका लागि घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण हो । नगरपालिका वडा नं. ६ मा ४५ जना, वडा नं. ७ मा २५ जना, वडा नं. ८ मा १८ जना र वडा नं. ९ मा ३४ जना गरी कुल १२२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको नगरपालिकाका सामाजिक...

ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौँ, १८ असार : नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलील काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा अश्लील क्रियाकलापमा संलग्न भएको र प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा पाँच जना विदेशी महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चार युगान्डा र एक इण्डोनेसियाका नागरिक रहेका छन् । जिल्ला...

अग्रज पत्रकार पराजुलीको निधन

गण्डकी, १८ असार : पोखराका अग्रज पत्रकार केशवराज पराजुलीको ९२ वर्षको उमेरमा निधन भएको छ । पोखरा महानगरपालिका–३ नदीपुरस्थित निवासमा गएराति निधन हुनुभएका पराजुलीको आज सेती नदी किनार तुलसीघाटमा अन्त्येष्टि गरिएको छ । उहाँ विसं २०४० देखि प्रकाशन सुरु भएको जनमत दैनिकको संस्थापक सम्पादक हुनुहुन्थ्यो । विभिन्न पत्रपत्रिकामा पराजुलीका खोजमूलक लेखरचना तथा केही कृति प्रकाशित छन् । पोखराको पत्रकारिता, शिक्षा...

सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप

दमौली (तनहुँ), १८ असार ः तनहुँको देवघाट गाउँपालिकाका सामुदायिक वनहरूले दुर्लभ तथा बहुमूल्य औषधीय वनस्पति सर्पगन्धाको व्यवसायिक खेती सुरु गरेसँगै वन व्यवस्थापन र आम्दानीको नयाँ सम्भावना देखिएको छ । वनमा काठजन्य प्रजातिमात्र सीमित नरही उच्च आर्थिक तथा औषधीय महत्वका जडीबुटीको उत्पादनतर्फ समुदाय अग्रसर भएपछि देवघाट क्षेत्र जडीबुटी खेतीको केन्द्र बन्न लागेको हो । देवघाट गाउँपालिका–५ स्थित मधुवन...

पोखरा महानगरको बजेट पारित

कास्की, १८ असार ः पोखरा महानगरपालिकाको १९औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि वार्षिक विकास कार्यक्रम (बजेट) पारित गरेको छ । नगर उपप्रमुख मन्जुदेवी गुरुङले गत असार ५ गते प्रस्तुत गर्नुभएको महानगरको आगामी आवको विकास कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेट रु सात अर्ब १५ करोड २५ लाख सर्वसम्मतिले पास गरेको हो ।महानगरले प्रस्तुत गरेको आगामी वर्षको बजेटका स्रोतहरूमा सङ्घीय सरकार सशर्त...

सरकारका १०० दिनः ‘मिसन मोड’मा अघि बढ्यो १०० खर्बको अर्थतन्त्रको सपना

काठमाडौँ, १८ असार ः अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले अवलम्बन गरेका अनेकन उपायको सकारात्मक परिणाम देखा पर्न थालेको छ । जनमतबाट अनुमोदित राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठन भएको १०० दिनमा राजश्व संकलनमा भएको सुधार तथा अर्थतन्त्रको समग्र स्वरुपमा आशातित परिवर्तन देखा परेको छ । निजी क्षेत्रमा बढ्दै गएको विश्वास, लगानीमा भइरहेको विस्तार तथा दातृ निकायको विश्वासमा समेत...

विचारः प्रजातन्त्रमा नागरिक शिक्षाको आवश्यकता

काठमाडौँ, १७ (रासस): संसारमा धेरैजसो देशहरु प्रजातान्त्रिक शासन प्रणालीका छन् र केही देशहरु प्रजातन्त्रबाहेकका शासन प्रणालीमा छन् । ती देशहरुमा या त एकदलीय शासन छ या त सैनिक शासन छ या त निरङ्कुश राजतन्त्र छ । सबै देशहरु आजभोलि आफ्नो शासन प्रणालीलाई जनताका पक्षमा रहेको दाबी गर्दछन् र त्यो नै स्वतन्त्र राज्यको विशेषता हो लोकतान्त्रिक शासन प्रणालीलाई नै नमुना र आदर्श शासन प्रणाली हो भन्छन् । यसले के...

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ

काठमाडौँ, १७ असारः राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिनुभएको छ । चमतीस्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराउनुभयो । सभापति लामिछानेले नवनिर्वाचित केन्द्रीय सदस्यलाई प्रमाणपत्र र ‘घण्टी’ उपहार दिनुभएको थियो । केन्द्रीय सदस्यको शपथपछि सभापति लामिछानेले...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।