Author

Srijana Puri

S

भोटेकोशी बाढीमा झन्डै १४ सयजनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण मंगलबार बिहान ८ बजेसम्म एक हजार ३९७ जनाको शव फेला परेको छ ।  रसुवामा १८९ जना, नुवाकोटमा २०२ जना, धादिङमा ७२ जना, चितवनमा ३६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २ सय २२ जना गरी एक हजार ३९७ जनाको शव फेला परेको हो ।   फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी...

प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै

रौतहट, ३० भदौ । नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल असोज ११ गते वीरगञ्ज आउने भएका छन्। वीरगञ्जस्थित नगरसभा गृहमा आयोजना हुने नेकपा पर्साको जिल्ला एकता भेला, प्रशिक्षण तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्न पार्टीका केन्द्रीय संयोजक प्रचण्ड र सह–संयोजक नेपाल वीरगञ्ज आउन लागेका हुन्। शीर्ष नेतृत्वको सहभागिता रहने कार्यक्रमलाई लक्षित गर्दै नेकपा...

सार्वजनिक खरिदमा विद्युतीय प्रणाली बन्द गरिएकोप्रति कुलमानको आपत्ति

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सार्वजनिक खरिदमा प्रयोग हुँदै आएको विद्युतीय खरिद प्रणाली (ई–जिपी) साइबर सुरक्षा जोखिम देखाउँदै अनिश्चितकालका लागि बन्द गरिएको विषय गम्भीर र आपत्तिजनक भएको बताएका छन् । घिसिङले भदौ, असोज र कात्तिक महिना नयाँ ठेक्का आह्वान तथा बजेट कार्यान्वयनलाई गति दिने महत्वपूर्ण समय भएकाले यही बेला ई–जिपी बन्द हुँदा संघ, प्रदेश र स्थानीय तहका सयौँ...

गाजामा इजरायली सेनाको कारबाहीमा हमासका पाँच सदस्य मारिएको दाबी

काठमाडौँ । इजरायली सेनाले गाजामा गरिएको सैन्य कारबाहीका क्रममा हमासका पाँच सदस्य मारिएको दाबी गरेको छ। मारिनेमा एक जना सैन्य कमान्डरसमेत रहेको इजरायली सेनाले जनाएको छ । ‘द टाइम्स अफ इजरायल’का अनुसार इजरायली सेना र आन्तरिक सुरक्षा निकाय शिन बेटले पछिल्ला केही सातायता गाजामा आफ्नो कारबाही तीव्र बनाएका छन् । इजरायली सेनाको निशानामा हमासका सैन्य कमान्डर अहमद अल–बत्श पनि रहेका थिए । उनलाई ‘अबु ओसामा’...

विनाश भइ सकेपछि क्षतिपूर्ति माग्नुभन्दा सम्भावित जोखिम न्यूनीकरणमा काम गर्नुपर्छ- सुनिता डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विपद्ले विनाश गरिसकेपछि क्षतिपूर्ति माग्नुभन्दा सम्भावित जोखिम पहिचान गरी त्यसको न्यूनीकरणमा लगानी बढाउनुपर्ने बताएकी छन् । घरपझोङ गाउँपालिकाले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सहयोगी निकाय तथा विज्ञहरूको सहभागितामा भदौ ३० र ३१ गते आयोजना गरेको घरपझोङ जलवायु परिवर्तन सम्मेलन, २०८३ को सफलताको शुभकामना दिँदै डंगोलले जलवायु...

सप्तकोशीमा पानीको बहाव खतराको तहमा, कोशी ब्यारेजका २३ ढोका खोलिए

सुनसरी, ३० भदौ । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेपछि कोशी ब्यारेजका २३ वटा ढोका खोलिएको छ। ब्यारेज नियन्त्रण कक्षका अनुसार मङ्गलबार बिहान ७:१५ बजेको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ८१ हजार ७७५ क्युसेक पुगेको छ। नदीमा जलसतह खतराको बिन्दु नाघिसकेको र पानीको बहाव अझै बढ्दो क्रममा रहेको जनाइएको छ। पानीको बहाव लगातार बढेपछि स्थानीय प्रशासनले...

क्यासिनो, बाढी राहत र विधेयकलगायत विषयमा छलफल गर्न चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं, ३० भदौ । सङ्घीय संसद्अन्तर्गत आज चार वटा विषयगत समितिको बैठक बस्दै छ। मङ्गलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो। बिहान १० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा क्यासिनो व्यवसायीहरूसँग छलफल...

ब्रिक्स देश डलरकाे सट्टा ‘ब्रिक्स पे’ परियोजना लागु गर्दै, सेप्टेम्बरवाटै सुरू हुन सक्ने

काठमाडौं, ३० भदौ। ब्रिक्स राष्ट्रहरू सीमा-पार भुक्तानी प्रणाली विकास गर्ने कार्यमा जुटेका छन्। ‘ब्रिक्स पे’ परियोजना अमेरिकी डलर र पश्चिमी प्रभुत्व भएको वित्तीय पूर्वाधारमाथिको निर्भरता कम गर्ने बृहत् प्रयासको एक हिस्सा हो। “डि-डलराइजेसन” वा अमेरिकी डलरबाहेक अन्य मुद्रामा अन्तर्राष्ट्रिय व्यापार तथा वित्तीय कारोबार गर्ने प्रयासबारे सुन्नुभएको होला। उदाउँदा र विकासशील...

त्रिशूलीमा बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनःनिर्माण तीव्र, ५ वटा पुल महिनाभित्रै बनिसक्ने

काठमाडौं, ३० भदौ । भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण त्रिशूली नदी आसपासका क्षेत्रमा रहेका झोलुङ्गे पुलमा ठूलो क्षति पुगेपछि टुटेको स्थानीयवासीको वारिपारिको सम्बन्ध जोड्न सरकारले पुल मर्मत तथा पुनःनिर्माणको काम अघि बढाएको छ। बाढीले नुवाकोट र धादिङका विभिन्न स्थानमा त्रिशूली नदीमाथि रहेका झोलुङ्गे पुलमा क्षति पुर्‍याएपछि स्थानीयको दैनिक आवतजावत प्रभावित भएको छ। पुलमा क्षति...

चिनियाँ वनस्पतिविद् जसले कैद गरे पाँच लाख २० हजार वनस्पति र बदलिँदो भू-दृश्यकाे तस्विर

बेइजिङ, ३० भदौ। अगस्ट महिनामा, ६४ वर्षीय वनस्पतिविद् झोउ याओ उत्तर-पूर्वी चीनको जिलिन प्रान्तस्थित चाङबाई पर्वतमा गरिएको अर्को एक स्थलगत अनुसन्धान यात्रा (Field Expedition) बाट फर्किए। झोउ तोङहुआ नर्मल युनिभर्सिटीका प्राध्यापक हुन्। उनी चार वर्षअघि सेवानिवृत्त भएका थिए र अहिले पुनः अनुबन्धका आधारमा सोही विश्वविद्यालयमा कार्यरत छन्। विगत चार दशकमा गरिएका अनगिन्ती यात्राहरू जस्तै, यसपटक पनि उनी...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।