Author

Srijana Puri

S

स्वास्थ्यचौकी निर्माण गर्न पाँच रोपनी जग्गादान

तनहुँ, २२ असारः भानु नगरपालिका–३ खहरेमा नवनिर्मित ‘भानु स्वास्थ्यचौकी’को नयाँ सुविधासम्पन्न भवन निर्माणका लागि ६ परिवारबाट पाँच रोपनी एक आना जग्गा प्राप्त भएको छ । ‘भानु स्वास्थ्यचौकी’को सुदृढीकरण र स्थायी संरचना निर्माणका लागि यहाँका ६ जनाको परिवारले रु तीन करोड २४ लाख मूल्यबराबरको जग्गादान गरेका हुन् । स्वास्थ्य सेवाजस्तो पवित्र कार्यका लागि स्थानीयले देखाएको यो उदारताको कदर गर्दै हालै एक विशेष...

प्रहरीका जागिरे शेरीराम ‘ए रुपा’बाट चम्किए

महेन्द्रनगर (कञ्चनपुर), २२ असारः पाँच महिना अघि बजारमा आएको– ‘ए रुपा तेरो लेहंगा जवरजस्त छ ।’‘तेर आँखोमा सारा दुनियाँ मगन मस्त छ’ बोलको देउडा गीत चर्चित छ । सुदूरपश्चिममा झन्डै दुई दशकदेखि देउडा गायनमा सक्रिय लोक तथा देउडा गायक शेरीराम औजीको स्वर ‘ए रुपा’ बोलको कुमाउनी प्याटनको गीतमात्रै नभएर उहाँका हरेक गीतले सुदूरका देउडा पारखीहरूको मन जितिरहेका छन् । उक्त गीत बजारमा आउँदा केही समय भाइरल भएको...

‘गन्धर्व संस्कृति कर्खा’ सार्वजनिक

गोरखा, २२ असारः दैवीकालदेखि नै गाउने संस्कृतिको विरासत बोकेका गन्धर्व समुदायको संस्कृतिहरू समेटिएको कृति विमोचन गरिएको छ । मनिराम गाइने स्मृति प्रतिष्ठानद्वारा प्रकाशित ‘गन्धर्व संस्कृति कर्खा’ नामक पुस्तक आइतबार विमोचन गरिएको हो । मङ्गलप्रसाद गन्धर्वद्वारा लेखिएको सो पुस्तक गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानामगरले विमोचन गर्नुभएको हो । सो पुस्तकका बारेमा गन्धर्व जातिको लोक संस्कृतिका शोधकर्ता...

छाडा पशुचौपाया छाड्नेलाई कारबाही गर्दै उपमहानगरपालिका

जनकपुरधाम, २२ असारः जनकपुरधाम उपमहानगरपालिकाले छाडा पशुचौपाया छाड्नेलाई कारबाही गर्न थालेको छ । छाडा पशुचौपायाका कारण मानवीय जोखिम बढ्ेको भन्दै नियन्त्रणमा कडाइ गरेको उपमहानगरपालिकाले पाँच सयभन्दा बढी छाडा पशुचौपाया नियन्त्रणमा लिई रु सात लाखभन्दा बढी जरिवाना सङ्कलन गरेको छ । छाडा पशुबाट मानिसमा हुने जोखिम तथा प्लास्टिकजन्य फोहरका कारण पशुमा पर्ने असर कम गर्न आइतबार जनकपुरधाम उपमहानगरपालिकाको...

घट्दै सर्पदंशको उपचार लिने बिरामी

महोत्तरी, २२ असारः विषालु सर्पको बिगबिगी भएको महोत्तरीको बर्दिबास आसपासका क्षेत्रमा केही वर्षयता सर्पदंशको उपचार लिने घटेका छन् । बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा पछिल्ला चार वर्षयता उपचार लिनेको सङ्ख्या घटेको तथ्याङ्कले देखाएको हो । विसं २०७१ साउन ३१ गतेदेखि सेवा थालेको केन्द्रमा आर्थिक वर्ष २०७९/८० यता उपचार लिनेको सङ्ख्या निकै घटेको छ । त्यसअघि वर्षमा चार हजार बढीले उपचार लिने...

साकेलाद्वारा उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत

खोटाङ, २२ असारः साकेला गाउँपालिकाले उत्कृष्ट विद्यार्थी, विद्यालय तथा पत्रकारलाई नगदसहित पुरस्कृत गरेको छ । गाउँपालिकाको कार्यालय मात्तिम मानेभन्ज्याङमा आइतबार आयोजित कार्यक्रममा शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, प्रतिशतको आधारमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा जिल्लामा क्रियाशील एक पत्रकारलाई नगदसहित पुरस्कृत गरेको हो । एसइईमा...

किसानलाई पचास प्रतिशत अनुदानमा फलफूलका विरुवा

कञ्चनपुर, २२ असारः कृष्णपुर नगरपालिकाले फलफूलखेती विस्तार गरी स्थानीय उत्पादन वृद्धि गर्ने उद्देश्यले आइतबार किसानलाई ५० प्रतिशत अनुदानमा दुई हजार ३९० फलफूलका बिरुवा वितरण गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको कृषि विकास कार्यक्रमअन्तर्गत किसानलाई आँप, लिची र सिडलेस अङ्गुरका बिरुवा वितरण गरेको हो । नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीका अनुसार वितरण गरिएका बिरुवामध्ये दशहरी...

दुवागढीमा आगलागीः एक घर जलेर नष्ट

झापा, १९ असारः मेचीनगर नगरपालिका-१४ दुवागढीमा आज बिहान विद्युत् सर्ट भएर आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । आगलागीबाट करिब रु ४२ लाख बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार स्थानीय चुडामणी गुरागाईंको एक तले टिनको छानो र काठको बेरा भएको चार कोठे घरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो । आगलागीबाट घरभित्र रहेका सुनचाँदी, नगद, टेलिभिजन, अन्य...

रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट

सिद्धार्थनगर (भैरहवा), १९ असारः जिल्ला अदालत रुपन्देहीले यस वर्ष सात हजार ६४२ मुद्दामध्ये चार हजार १०९ वटा मुद्दा फछ्र्यौट गरेको जनाएको छ । चालु आव २०८२÷८३ को असार १७ गतेसम्मको विवरणअनुसार सो अदालतमा अब तीन हजार ५३३ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ । जिल्ला अदालतका प्रमुख न्यायाधीश अशोककुमार बस्नेतले गत आवबाट जिम्मेवारी सरी आएका तीन हजार २४० र चालु आवमा दर्ता भएका चार हजार ४०२ समेत गरी सात हजार...

संवैधानिक परिषद् बैठक बस्दै

काठमाडौँ, १९ असार : प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज संवैधानिक परिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न ५ः०० बजे बस्ने गरी बैठक बोलाइएको छ । बैठकमा संवैधानिक निकायको रिक्त पदमा नियुक्ति सिफारिससम्बन्धी विषयमा छलफल हुने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिनुभयो । हाल निर्वाचन आयोगमा अध्यक्षसहित दुई, राष्ट्रिय मानव...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।