Author

Srijana Puri

S

जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

म्याग्दी, २६ असारः धवलागिरि गाउँपालिका–७ स्यानखण्डमा म्याग्दी नदीको कटान र पहिरोको समस्या उत्पन्न गरेको छ । कुल ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माणस्थलबाट निकालिएको माटो नदी किनारमा थुपार्दा स्यानखण्डमा रहेको बगैँचा र पाखोबारीमा क्षति पुगेको हो । म्याग्दी नदीको दायाँ किनारमा रहेको विद्युतगृह निर्माणस्थल भारवाङ मालिका गाउँपालिकाको ७ नम्बर वडाको भूगोलमा पर्छ...

आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

ललितपुर, २६ असारः आदिवासी जनजाति आयोगले संविधानमा अस्पष्ट प्रावधानलाई समयानुकूल परिमार्जन गर्दै समावेशी, न्यायपूर्ण र प्रभावकारी शासन व्यवस्था सुनिश्चित गर्न २५ बुँदे सुझाव सार्वजनिक गरेको छ । आदिवासी जनजाति आयोगले संविधान संशोधनका लागि तयार पारेका २५ बुँदे सुझाव सार्वजनिक गर्दै सङ्घीयता, समानुपातिक समावेशिता, गणतन्त्र, धर्मनिरपेक्षता तथा सांस्कृतिक विविधतालाई समावेश गर्दै आदिवासी जनजातिका...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर, २६ असारः सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको छ । चालु आर्थिक वर्षको असारसम्म चार हजार १९१ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । यो सङ्ख्या गत आवको कूल तीन हजार ७२२ पर्यटकको तुलनामा ४६९ जनाले बढी हो । चालु आवमा मात्रै करिब १२.६ प्रतिशतले पर्यटक आगमन वृद्धि भएको छ । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम बाग्लेका...

माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

काँक्रेविहार (सुर्खेत), २६ असारः मुगुको कार्मारोङ र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु भएको छ । अर्धजलाशय प्रकृतिको सो आयोजना ३०६ मेगावाट क्षमताको हो । एलिभेट इनर्जीले निर्माण गर्न लागेको सो आयोजनाको उत्पादन अनुमतिपत्रको प्रक्रिया अगाडि बढाइएको छ । कम्पनीले २०७७ सालमा आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको थियो । आयोजनाको...

चार विधेयक प्रमाणीकरण

काठमाडौँ, २६ असारः राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चारवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ बिहीबार प्रमाणीकरण गर्नुभएको राष्ट्रपति...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन (बागलुङ), २६ असारः बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु आर्थिक वर्षमा आठ नयाँ सङ्क्रमित थपिएका हुन् । यस्तै, १५ वर्षमुनिका छ जना र त्यसभन्दा माथिका २१४ जना रहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार ११४ महिला र १०० जना पुरुष रहेका छन् । सङ्क्रमितले धवलागिरि प्रादेशिक अस्पताल बागलुङ, बुर्तिबाङ अस्पताल र...

काठमाडौँ महानगरपालिकाको अधिवेशन सम्पन्न

काठमाडौँ, २६ असारः काठमाडौँ महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ । गत जेठ ३१ गते सुरु भएको उक्त अधिवेशन आजको छैटौँ बैठकसँगै सकिएको हो । बैठकमा नगरसभाको चौथो र पाँचौँ बैठकमा पेस भएका संशोधन विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल भएको थियो । सो क्रममा विधायन समितिका सदस्य हुमादेवी आचार्यले विद्यमान कानुनमा समसामयिक संशोधनसम्बन्धी विधेयकका प्रस्तावित व्यवस्था पेस गर्नुभएको थियो । पेस...

गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी

काठमाडौँ, २६ असारः सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा जलन भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च उपलब्ध गराउने भएको छ । हाल वीर अस्पतालमा उपचाररत नेपालीको थप तथा विशिष्टिकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीस्थित ‘अखिल भारतीय आयुर्विज्ञान संस्थान’ (AIIMS) लैजाने तयारी गरिएको छ । बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन...

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर, २५ असारः कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका नौ वटै पालिकाका सबै बालबालिकालाई नियमित तथा छुट खोपको पहुँचमा ल्याएपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्नु हँुदै बालबालिकालाई खोपबाट रोकथाम गर्न सकिने तथा रोगबाट...

जलाधार कार्यालय जुम्लाद्वारा ९० योजना सम्पन्न

जुम्ला, २५ असारः भू–तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाले चालु आर्थिक वर्षमा ९० योजना सम्पन्न गरेको छ । कार्यालयले पहिरो रोकथाम, तटबन्ध तथा बाँध निर्माण र खोला किनारा संरक्षणका योजना पूरा गरेको भू–तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख लोकेन्द्रबहादुर भण्डारीले जानकारी दिनुभयो । कार्यालयले हुम्लामा ३२, मुगुमा २८, डोल्पामा आठ, जुम्लामा २० र कालीकोटमा दुई योजना निर्माण भएको कार्यालय प्रमुख...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।