Author

Srijana Puri

S

अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

काठमाडौँ, २८ असार:स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा आज भएको खेलमा स्विट्जरल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाका एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेल र लाउटारो मार्टिनेजले आफ्नो टोलीलाई एकएक गोलको योगदानबाट सेमिफाइनमा पुर्याएका हुन् ।...

भानु साहित्य उद्यानलाई २४ करोड

डुम्रे (तनहँु), २८ असारः नेपाली भाषाका अनुवादक आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई अन्तरराष्ट्रिय प्राज्ञिक तथा साहित्यिक केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले अघि बढाइएको राष्ट्रिय गौरवको आयोजना ‘भानु साहित्य उद्यान’को पूर्वाधार निर्माणकार्य अगाडि बढेको छ । सरकारको प्राथमिकतामा रहेको यस बहुप्रतिक्षित आयोजनाअन्तर्गत भानु नगरपालिका–४ रम्घा डाँडाको करिब ५०० रोपनी क्षेत्रफलमा उद्यान...

जलनबाट घाइते नेपालीको निधन

काठमाडौँ, २६ असारः जलनबाट घाइते भई वीर अस्पतालमा उपचार गराइरहेका मुगुका युवा गणेश नेपालीको निधन भएको छ । काठमाडौँको त्रिपुरेश्वरमा बिहीबार आफैँले शरीरमा आगो लगाएका नेपालीको ‘आइसियु’मा राखेर उपचार गरिरहेको अवस्थामा केही बेरअघि निधन भएको वीर अस्पतालका प्रवक्ता डा प्रकाश बुढाथोकीले पुष्टि गर्नुभयो । यसअघि सो अस्पतालले पत्रकार सम्मेलन गरी शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीको स्वास्थ्य अवस्था...

भूपू प्रहरीको तरकारीखेती कृषकको पहिचान’

दाङ, २६ असारः तुलसीपुर उपमहानगरपालिका–१२ रझेनामा साढे छ बिघा जमिनमा यतिखेर गोलभेँडा, बोडी, काँक्रा र भेडे खुर्सानी निकै राम्रोसँग उत्पादन भइरहेको छ । त्यहाँ उत्पादन भइरहेको तरकारी देखेर आश्चर्य मानेका व्यक्तिको प्रतिक्रिया सुनेर किसान वसन्त भण्डारी भने हर्षित हुनुहुन्छ । उहाँको पसिना र पौरखले बारीभरि बेमौसमी तरकारीखेती लहलह छ । त्यही कारण भण्डारीको पहिचान पनि फेरिएको छ । हिजो प्रहरी...

पोल्यान्डमा पहिलोपटक ‘नेपाल महोत्सव’ हुँदै

लिस्बन (पोर्चुगल) २६, असार : पोल्यान्डमा पहिलो पटक ‘नेपाल महोत्सव, २०२६’ आयोजना हुने भएको छ । हामी नेपाली ग्लोबल पोल्यान्ड शाखाको आयोजनामा पोल्यान्डको पोजनान शहरस्थित इम्पेरियल क्यासलमा यही जुलाई ११ तारिखमा महोत्सव आयोजना हुन लागेको हो । नेपाली कला, संस्कृति र पर्यटनको प्रचारप्रसार एवं प्रवद्र्धन गर्ने उद्धेश्यले पोल्यान्डमा पहिलोपटक नेपाल महोत्सवको आयोजना गरिएको शाखाकी अध्यक्ष शान्ति श्रेष्ठले...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ, २६ असार : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तु वाणगङ्गा नगरपालिका-८ बस्ने पाल्पा रैनादेवी गाउँपालिका-१ घर भएका ३५ वर्षीय माधव अर्याल छन् । माधवले अमेरिका पठाइदिन्छु भन्दै एक जनाबाट रु तीन लाख लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका...

अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौँ, २६ असारः गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गोकर्णेश्वर नगरपालिका–८ माकलबारीका ४१ वर्षीय विष्णु थापाको मृत्यु भएको हो । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित पाँचपोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिन्डर र दुई वटा अग्नि नियन्त्रक...

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ, २६ असारः हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२÷०८३ को एक वर्षमा लेक लागेर दश भारतीय नागरिकसहित १६ जनाको मृत्यु भएको छ । प्रदेश अस्पताल जोमसोमका अनुसार चालु वर्षको साउनदेखि हालसम्म मुस्ताङ भ्रमणमा आएकामध्ये दश भारतीय, पाँच नेपाली र एक जना मेक्सिकोका नागरिकको पर्वतीय ‘हाईअल्टिच्युड’का कारण लेंक लागेर निधन भएको हो । गत भदौ र असोजमा एक–एक, कात्तिकमा तीन, मङ्सिरमा दुई, चैतमा दुई...

उपकरण हस्तान्तरण गर्न अस्पतालको आह्वान

नारायणगढ (चितवन), २६ असारः भरतपुर अस्पतालले विभिन्न सरकारी तथा निजी संस्थामा प्रयोगमा नरहेका तर मर्मत तथा प्राविधिक व्यवस्थापनपछि सञ्चालन गर्न सकिने स्वास्थ्य उपकरण हस्तान्तरण गर्न आह्वान गरेको छ । विशेषज्ञ तथा विशिष्टीकृत स्वास्थ्य सेवालाई थप प्रभावकारी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले अस्पतालले त्यस्ता उपकरण हस्तान्तरण गर्न आग्रह गरेको हो । अस्पतालका प्रवक्ता सहप्राध्यापक डा...

अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न

चितवन, २६ असारः ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काट्ने तयारी गरिएको भए पनि हालसम्म डार्ट गर्न सकिएको छैन । डार्ट भनेको जङ्गली जनावरलाई नियन्त्रणमा लिन वा उपचार गर्न प्रयोग गरिने प्रविधि हो । ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आतङ्क मच्चाउने एउटा जङ्गली हात्ती हो । जसले हालसम्म २५ जनाको ज्यान लिइसकेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जाले...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।