Author

Srijana Puri

S

अमेरिकाले करिब ६० देशका सामानमा नयाँ भन्सार शुल्क लगाउने

काठमाडौँ । अमेरिकाले करिब ६० वटा व्यापारिक साझेदार देशबाट आयात हुने सामानमा नयाँ भन्सार शुल्क लगाउने निर्णय गरेको छ । अमेरिकी अधिकारीहरूका अनुसार ती देशहरूले जबर्जस्ती श्रम रोक्न पर्याप्त कदम नचालेकाले यस्तो शुल्क लगाउन लागिएको हो । नयाँ भन्सार शुल्क १० देखि १२.५ प्रतिशतसम्म हुनेछ । यो शुल्क अमेरिकाका प्रमुख व्यापारिक साझेदार देशहरूमा लागू हुनेछ । यसमा भारत, बेलायत, चीन, युरोपेली संघ, क्यानडा र...

पहिरो खसेपछि बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका –०९ सेलागाडमा अविरल वर्षासँगै आएको पहिरोका कारण १३ घरधुरी जोखिममा परेका छन् । तीमध्ये तीन घरधुरी बस्नै नमिल्ने गरी उच्च जोखिममा पुगेका छन् । शुक्रबार बिहान करिब ४:३५ बजे घरमाथिबाट पहिरो खसेर बस्ती जोखिममा परेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी टोली घटनास्थल पुगी प्रभावित १३ घरधुरीको घरपरिवारका सदस्य, अन्नपात, लत्ताकपडा, भाँडावर्तन...

सांसदका स्वकीय सचिव बारे रास्वपाको अन्तरिक निर्देशन: परिवार र नातेदारलाई नियुक्ति दिन नपाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय सांसदका स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन जारी गर्दै नियुक्ति प्रक्रियालाई पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउन मापदण्ड तोकेको छ । रास्वपाले जारी गरेको निर्देशनमा सांसदहरूले राख्ने स्वकीय सचिव नियुक्त गर्दा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ । एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव...

प्रधानमन्त्री शाहले निर्यातजन्य उद्योग व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्दै छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११: ३० बजे हुने छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल गलैंचा उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड...

आर्थिक वर्ष २०८२/८३ मा आयात गरिएका यी हुन् १० शिर्ष बस्तु

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालले सबैभन्दा धेरै पेट्रोलियम पदार्थ, सवारीसाधन, विद्युतीय उपकरण तथा औद्योगिक कच्चा पदार्थ आयात गरेको देखिएको छ । भन्सार विभागको वार्षिक तथ्यांकअनुसार शीर्ष १० आयातित वस्तुमध्ये डिजेल पहिलो स्थानमा रहेको छ भने पेट्रोल दोस्रो स्थानमा छ । तथ्यांकअनुसार डिजेल सबैभन्दा बढी आयात भएको वस्तु बनेको छ । एक बर्षमा १३ लाख ९३ हजार ३३४ किलोलिटर डिजेल आयात गरिएको छ...

आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक व्यापार १५.८८ प्रतिशतले बढ्यो, व्यापार घाटा १७ खर्ब नाघ्यो

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भए पनि आयातको तुलनामा निर्यात कमजोर रहँदा व्यापार घाटा अझै बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार कुल वैदेशिक व्यापार १५.८८ प्रतिशतले वृद्धि भएर २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ पुगेको छ । तथ्यांकअनुसार गत एक बर्षमा नेपालले २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको...

राष्ट्रपति बनेपछि ट्रम्पको सम्पत्ति दोब्बर

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक कारोबार र तीव्र रूपमा बढेको निजी सम्पत्ति फेरि एकपटक अन्तर्राष्ट्रिय बहसको विषय बनेको छ । सार्वजनिक भएको विवरणअनुसार राष्ट्रपति पद सम्हालेपछि ट्रम्पको कुल सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको छ । यस वृद्धिको प्रमुख कारण डिजिटल मुद्रामा गरिएको लगानी र विदेशी बजारबाट भएको आम्दानीलाई मानिएको छ । फोर्ब्सको अर्बपतिहरूको सूचीअनुसार सन् २०१७ मा ट्रम्पको...

मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य १०० डलर नाघ्यो

काठमाडौँ । मध्यपूर्वमा चर्किँदै गएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य मे महिनायता पहिलो पटक प्रतिव्यारेल १०० अमेरिकी डलर नाघेको छ । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावले विश्व ऊर्जा आपूर्तिमा असर पर्ने चिन्ता बढेपछि तेलको मूल्य तीव्र रूपमा उकालो लागेको हो । विश्व बजारको मापदण्ड मानिने ब्रेन्ट कच्चा तेलको मूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । अमेरिकाले इरानमाथि सैन्य...

उत्तराधिकारी संकटपछि जापानको शाही उत्तराधिकार नियममा परिवर्तन

काठमाडौँ । जापानले शाही परिवारमा देखिएको उत्तराधिकारी संकट समाधान गर्न उत्तराधिकारसम्बन्धी कानुनमा महत्वपूर्ण संशोधन गरेको छ । जुलाई १७ मा जापानी संसदले पारित गरेको नयाँ कानुनअनुसार अब शाही परिवारले १५ वर्ष वा सोभन्दा माथिका टाढाका पुरुष नातेदारलाई धर्मपुत्रका रूपमा ग्रहण गरेर पुनः शाही परिवारमा समावेश गर्न सक्ने भएकोछ । नयाँ व्यवस्थाअनुसार शाही परिवारकी महिलाले सामान्य नागरिकसँग विवाह गरेपछि पनि...

प्रविधि क्षेत्रमा दुर्लभ घटना: ओपनएआईको मोडल परिक्षणका क्रममा एआईले अर्को प्रणाली ह्याक गरेपछि..

काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो क्षमतासँग सम्बन्धित एक असाधारण घटनाको खुलासा भएको छ । अमेरिकी प्रविधि कम्पनी ओपन एआईले आफ्नो आन्तरिक परीक्षणका क्रममा एउटा उन्नत एआई नमुनाले स्वतः अर्को एआई कम्पनी हगिङ फेसको प्रणालीमा प्रवेश गरेको जनाएको छ । कम्पनीले यसलाई एआई इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटनामध्ये एक भनेको छ । ओपन एआईका अनुसार नियन्त्रित परीक्षणका क्रममा कुनै एआई नमुनाले मानवीय...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।