Author

Jayanti Shiwakoti

J

१०२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

पर्सा । पर्साको जगरनाथपुर गाउँपालिका २ स्थित इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी गस्ती टोलीले १०२ किलो ६३८ ग्राम गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला पर्सा जगरनाथपुर २ सोनबर्साबाट भारततर्फ जाँदै गरेको बीआर ०१ सियु ३५४४ नम्बरको सेतो स्पोर्ट्स कारलाई जाँच गर्ने क्रममा कारभित्र लुकाइराखिएको १० पोका गाँजा बरामद गरिएको हो । बरामद गाँजाको तौल १०२ केजी ६३८ ग्राम रहेको छ...

रातो कार्ड पाएका अमेरिकी फरवार्ड बालोगुनमाथि प्रतिबन्ध नलाग्ने, ट्रम्पले हस्तक्षेप गरेको आरोप

काठमाडौँ । अमेरिकाका फरवार्ड फ्लोरिन बालोगुनमाथि लगाइएको निलम्बन फिफाले एकाएक स्थगित गरेपछि विश्व फुटबलमा विवाद चर्किएको छ । फिफाको अनुशासन संहिताअनुसार गम्भीर फाउलका लागि रातो कार्ड पाउने खेलाडीलाई कम्तीमा दुई खेलको प्रतिबन्ध लाग्नुपर्ने व्यवस्था छ । विश्वकपका नियमअनुसार रातो कार्डविरुद्ध अपिल गर्ने अधिकारसमेत टोलीलाई हुँदैन । यद्यपि फिफाले बालोगुनको प्रतिबन्ध स्थगित गर्ने निर्णय सार्वजनिक गर्दा...

खामेनीको अन्त्येष्टिमा तीन छोरा सहभागी, सर्वोच्च नेता मुज्तबा अनुपस्थित

काठमाडौँ । इरानका पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा आइतबार उनका तीन छोरा मसुद, मेयसम र मुस्तफा सहभागी भएका छन् । तर उनका छोरा तथा वर्तमान सर्वोच्च नेता मुज्तबा खामेनी भने समारोहमा देखिएनन् । सञ्चारमाध्यमका अनुसार इजरायलबाट सुरक्षा जोखिम रहेकाले उनले सार्वजनिक रूपमा अन्त्येष्टिमा सहभागी नभएको बताइएको छ । इरान इन्टरनेसनलको प्रतिवेदनअनुसार अन्त्येष्टिका क्रममा सहभागीहरूले...

बाल यौन शोषण सबन्धी बिज्ञापन हालेपछि मेटासँग भारतको आपत्ति, माग्यो जवाफ

नयाँदिल्ली, २२ असार । इन्स्टाग्राममा सशुल्क विज्ञापनमार्फत यौन शोषणसम्बन्धी सामग्री फैलाइएको विषयमा भारत सरकारले आपत्ति जनाउँदै फेसबुकमा माउ कम्पनि मेटालाई नोटिस पठाएको छ । र, भारत सरकारले भनेको छ कि उक्त प्लेटफर्मवाट त्यस्ता सबै विज्ञापन र सामग्री हटाउन निर्देशन दिइएको छ। यस विषयमा स्पष्टीकरण पेस गर्न कम्पनीलाई ७ दिनको समय दिइएको छ।  उल्लेखनीय छ कि इन्स्टाग्राममा सःशुल्क विज्ञापनमार्फत बाल...

बाहुबलीः३ बन्न सक्ने, अभिनेताले भने, ‘कथा सकिएको छैन अझै’

हैदाराबाद, १५ असार । भारतको सुप्रसिद्द फिल्म ‘बाहुबली’ को निर्माणमा आधारित डकुमेन्ट्री शृंखला ‘बाहुबलीः द टर्चबियरर’ जुन २६ मा नेटफ्लिक्समा प्रिमियर भएको थियो। यस चार भागको शृङ्खलाको अन्तिम एपिसोडमा प्रभास, अनुष्का शेट्टी र राणा दग्गुबातीबीचको कुराकानी देखाइएको छ, जसमा राणा दग्गुबातीले ‘बाहुबली’ को अर्को किस्ताबारे उल्लेख गरेका छन्। उनले भने, ‘मलाई थाहा छैन मैले यो सार्वजनिक रूपमा भन्नु मिल्छ कि...

राजमौलीको ‘बारणासी’को सकियो सुटिङ, रिलिज मिति सर्ने सक्ने

हैदाराबाद, १५ असार । एसएस राजामौली फ्रान्समा भइरहेको एनेसी एनिमेसन फेस्टिभलमा पुगेका थिए ।  ‘बाहुबलीः द इटरनल वार’ जुन उनको नयाँ परियोजना ‘वर्क इन प्रोग्रेस’ श्रेणीको लागि छनोट गरिए पछि उनी त्यहाँ पुगेका थिए ।  सो कार्यक्रम पछि राजामौलीले मिडियासँग आफ्ना आगामी परियोजनाहरूको बारेमा कुरा गरेका थिए । ‘भेराइटी’ सँगको कुराकानीमा उनले खुलासा गरे कि महेश बाबु र प्रियंका चोपडाको साथमा मिलेर...

दयाहाङ र गौमायाको ‘पेन्सन पट्टा’ को फस्ट लुकमै झल्कियो कथा र संवेदना

काठमाडौं । अभिनेता तथा निर्देशक माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ को फस्र्ट लुक सार्वजनिक गरिएको छ । असार १५ को अवसर पारेर निर्माण टिमले आगामी भदौ २६ गते प्रदर्शनमा आउने चलचित्रका तीन फरक शैलीका पोस्टर सार्वजनिक गर्दै प्रचारप्रसार औपचारिक रूपमा सुरु गरेको हो । सार्वजनिक पोस्टरहरूले चलचित्रको मूल कथावस्तु, पात्रहरूको जीवनयात्रा, पारिवारिक सम्बन्ध, संघर्ष र ग्रामीण परिवेशलाई...

आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौँ । असार महिना ‘मानो रोपेर मुरी फलाउन’ दिन । अर्थात आज असार १५, धान दिवस ।   २३औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मूल समारोह समितिले यस बर्षको राष्टिय धान दिवस तथा रोपाइँ महोत्सवको नारा ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भता र समृद्धि’ भन्ने तय गरेको बालि विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले जानकारी दिएका छन् । नेपाल कृषि...

युरोपमा भीषण गर्मी, फ्रान्समा एक हजार भन्दा बढीको मृत्यु

काठमाडौँ । युरोपका अधिकांश देश यतिबेला इतिहासकै भीषण गर्मीको लहरको चपेटामा परेका छन् । अस्वाभाविक रूपमा बढेको तापक्रमका कारण फ्रान्समा मात्रै चार दिनभित्र करिब एक हजार अतिरिक्त मानिसको मृत्यु भएको छ भने बेलायत, स्पेन, जर्मनी, इटाली, डेनमार्क, स्विट्जरल्यान्डलगायत १६ देशमा दशकौँ पुराना तापक्रमका कीर्तिमान भंग भएका छन् । फ्रान्सको स्वास्थ्य निकायका अनुसार जुन २४ देखि २७ सम्मको अवधिमा सामान्य वर्षको...

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको १४ सयले घटेर तोलाको २ लाख ८२ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ८३ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर तोलाको ४३१० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।