काठमाडौँ । जारी फिफा विश्वकप फुटबल अब निर्णायक चरणमा प्रवेश गरेको छ । ९६ खेलपछि अब केवल आठ टोली मात्रै उपाधिको दौडमा बाँकी छन् । तीमध्ये अर्जेन्टिना, इङ्ल्यान्ड, फ्रान्स र स्पेन यसअघि विश्वविजेता बनिसकेका राष्ट्र हुन् भने नर्वे, मोरक्को, स्विट्जरल्यान्ड र बेल्जियम पहिलो पटक विश्वकप जित्ने लक्ष्यसहित अघि बढिरहेका छन् । यसपटकको क्वार्टरफाइनलमा युरोपको वर्चस्व स्पष्ट देखिएको छ । अन्तिम आठमध्ये पाँच...










