Author

Jayanti Shiwakoti

J

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ११ को मृत्यु, ९० जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ९० जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ६ जनाको मृत्यु भएको छ भने कोशी र लुम्बिनी प्रदेशमा २-२ जना र बागमती प्रदेशमा एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा ९० जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४२ जना घाइते भएका छन् भने...

तीन तीन पटक फाइनल पुग्ने पहिलो युरोपेली टिम फ्रान्सले देखाउला त आज जादु ?

काठमाडौं, २५ असार । लगातार तीनवटा फिफा विश्वकपको फाइनल खेल्ने दोस्रो युरोपेली राष्ट्र बन्ने फ्रान्सको प्रयास जारी छ । यसपटक उनीहरूको सामना कतार २०२२ को सेमिफाइनलमा आफूले पराजित गरेको टोलीसँग हुँदैछ। मोरक्को अघिल्लो पटक उपाधि नजिक पुगेर पनि चुक्यो तर त्यस चरणसम्म पुग्ने पहिलो अफ्रिकी टोली बनेर इतिहास रचेको थियो, एउटा यस्तो उपलब्धि जसलाई उनीहरू फिफा विश्वकप २०२६ मा पनि दोहोर्‍याउन चाहन्छन्।...

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्नेको परिचय खुल्यो, वीर अस्पतालमा उपचार हुदै

काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको परिचय खुलेको छ । आत्मदाह प्रयास गर्ने व्यक्ति भक्तपुर बस्ने मुगुका २५ वर्षीय गणेश नेपाली भएको हुन् । प्रहरीले उनको उद्धार गरेर वीर अस्पतालमा उपचार भइरहेको जानकारी दिएको छ । उनले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रत्यक्षदर्शीले बताएका छन् । उनी हाल बोल्न सक्ने अवस्थामा रहेको र उपचार जारी रहेको...

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३ हजार ८११ पुग्यो

काठमाडौँ । भेनेजुएलामा आएको दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या तीन हजार ८११ पुगेको छ । राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले भूकम्पबाट ३८११ को ज्यान गएको जानकारी दिदै भूकम्पमा १६ हजार ७४० जना घाइते भएका छन् भने १७ हजार ९०७ जना विस्थापित भएका छन् । त्यस्तै अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पपछि पुनः अन्तर्राष्ट्रिय समुदायसँग भेनेजुएलामाथि लगाइएका प्रतिबन्धहरू खुकुलो...

जरिवाना नतिर्ने दुई लाखभन्दा बढी चालकको सेवा रोक्का

काठमाडौँ, २५ असार : दुई लाख ६१ हजारभन्दा बढी सवारीचालकले जरिवानावापतको रकम राज्यकोषमा दाखिला नगरेको पाइएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका अनुसार ती सवारी चालकलाई यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सेवाबाट वञ्चित हुने छन् । त्यस्तो जरिवाना नतिर्ने चालकले नयाँ सवारीसाधन खरिद, सवारीसाधन नामसारी (खरिद–बिक्री), सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण तथा यातायात कार्यालयबाट...

प्रमुख निर्वाचन आयुक्त र आयुक्तको सुनुवाई प्रक्रिया शुरु, उजुरी आव्हान

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिस भएकाहरूको सुनुवाइ प्रक्रिया थालेको छ । विहिबार बसेको समिति बैठकले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्त डा. राजीव सुब्बा साथै गुरु वाग्लेको सुनुवाइ प्रक्रिया अघि बढाएको हो । समितिले १० दिनको समय दिएर उजुरी आह्वान गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिएका छन् । सूचना प्रकाशित...

लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास

बरहथवा (सर्लाही), २५ असार : सर्लाहीको लालबन्दीमा गएराती गोली प्रहार गरी लुटपाटको प्रयास भएको छ । रातिको समयमा लालबन्दी नगरपालिका–७ र ३ को सीमास्थित सडकमा अज्ञात समूहले गोली प्रहार गरी लुटपाटको प्रयास गरेको हो । लालबन्दी बजारमा मोबाइल पसल सञ्चालन गर्दै आउनुभएका लालबन्दी नगरपालिका–७, का हरिप्रसाद सापकोटालाई राति पसल बन्द गरेर घर जाने क्रममा मोटरसाइकल चढेर आएका तीन जनाले लुट्ने प्रयास गरेका प्रहरीले...

काठमाडौँ महानगरको आफ्नै खाद्य सूक्ष्मजीव परीक्षण प्रयोगशाला सञ्चालनमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खाद्य वस्तुको गुणस्तर परीक्षणलाई थप प्रभावकारी बनाउन आफ्नै अत्याधुनिक खाद्य सूक्ष्मजीव परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँ प्लाजाको पाँचौँ तलामा रहेको प्रयोगशालाको उद्घाटन गरेकी छन्। अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्थापना गरिएको प्रयोगशालामा इकोलाई, साल्मोनेला, स्टाफिलोकोकस ओरियस, कुल जीवाणु गणना, कुल ढुसी गणना तथा...

खुस्बु ओलीको रास्वपा सांसदहरुलाई ध्यानाकर्षण- तपाईँहरूको मौनता इतिहासको अभिलेखमा दर्ता हुदैछ !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुलाई प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धि अभिव्यक्ति ठिक हो भने संसदमा अभिव्यक्ति दिन चुनौती दिएकी छन् । विहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ओलीले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति रास्वपा सांसद मौन बसेको भन्दै यो मौनता इतिहासको अभिलेखमा...

फ्रान्सविरुद्धको क्वार्टरफाइनल खेलअघि मोरक्कोलाई ठूलो धक्का

काठमाडौँ । जारी फिफा विश्वकपको क्वार्टरफाइनलमा फ्रान्ससँग हुने महत्वपूर्ण खेलअघि मोरक्कोलाई ठूलो धक्का लागेको छ । टोलीका प्रमुख आक्रमणकर्ता इस्माइल साइबारी चोटका कारण आज राति हुने क्वार्टरफाइनल खेल गुमाउने भएका छन् । मोरक्कोका मुख्य प्रशिक्षक मोहम्मद उआहबीले खेलअघिको पत्रकार सम्मेलनमा साइबारी समयमै पूर्ण रूपमा फिट हुन नसकेकाले फ्रान्सविरुद्ध मैदान उत्रन नसक्ने पुष्टि गरेका हुन् । यद्यपि उनको चोट...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।