काठमाडौं । आज बस्ने प्रतिनिधि सभाको बैठकबाट प्रतिनिधि सभा नियमावली पारित गर्ने कार्यसूची रहेको छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदनमाथि दफावार छलफल र पारित गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ । त्यस्तै आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक प्रस्तुत गर्न अनुमति माग्ने, प्रस्तुत गर्ने...










