Author

Jayanti Shiwakoti

J

सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता

काठमाडौँ, २७ जेठः विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर वरपरको हिउँ र हिमनदी तीव्र गतिमा पग्लिरहेका देख्दा प्रसिद्ध आरोही फुर्वा तेञ्जिङ शेर्पाका आँखा चिसिने गर्दछन् । स्वदेशी तथा विदेशी आरोहीलाई सगरमाथाको शिखरमा पुर्‍याउँदै नाम र दाम कमाउने उहाँलाई यही गतिमा सगरमाथालगायत हिमालमा हिउँको तह घट्दै जाने हो भने भावी पुस्ताले हिमाल देख्नै नपाउने हुन् कि भन्ने चिन्ता पनि उहाँलाई छ । उहाँ...

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौँ, २७ जेठः सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ । सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्तिसम्बन्धी विवरण सङ्कलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीले जानकारी दिनुभयो । “स्वदेश तथा विदेशमा रहेका व्यक्तिले आफूहरू विवरण...

अर्थमन्त्री डा. वाग्लेमाथि संसदले छानबिन गर्नुपर्छ- रामकुमारी झाँक्री

काठमाडौँ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि उठेका आरोपबारे संसदीय छानबिन हुनुपर्ने बताएकी छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै झाँक्रीले अर्थमन्त्री वाग्ले विगतदेखि नै राज्यका महत्वपूर्ण निकायमा रहेर काम गरेको व्यक्ति भएकाले वर्तमान विवादमा उनको भूमिकाबारे निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गरेकी छन् । उनले राष्ट्रिय योजना आयोगको सदस्य...

अदालतको लेटरप्याड र आधिकारिक दस्तखत कीर्ते गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । अदालतको लेटरप्याड र आधिकारिक दस्तखत कीर्ते गर्ने कार्यमा संलग्न रहेको अभियोगमा टोखा नगरपालिका-३ बस्ने गोरखा आरूघाट गाउँपालिका-७ घर भएका २६ वर्षीय बिबस अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका-११ सतुङ्गलबाट पक्राउ गरेको हो ।  प्रारम्भिक अनुसन्धानको क्रममा जिल्ला अदालत काठमाडौंको लेटरप्याड कीर्ते बनाई बिबस...

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ६० अर्ब निक्षेप संकलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले २३ दिनका लागि ६० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।...

काठमाडौँको बसुन्धारामा गार्मेन्टमा आगलागी, ८ करोड बराबरको क्षति

काठमाडौं । काठमाडौँको टोखा नगरपालिका–०५ बसुन्धारास्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेज (गार्मेन्ट) मा विद्युत सर्ट भएर आगलागी हुँदा करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बुधबार बिहान करिब २: ५२ बजे सुरु भएको आगो ११ वटा दमकल, एक पानी ट्याङ्कर, नेपाल प्रहरी, नगर प्रहरी, स्थानीय बासिन्दा तथा अन्य निकायको सहयोगमा करिब ५:४५ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो । आगलागीबाट गार्मेन्ट पूर्ण रूपमा...

फ्लाइ दुबईलाई पोखराबाट उडान सञ्चालन गर्ने अनुमति

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्ने तयारीमा महत्त्वपूर्ण प्रगति भएको छ । विश्वस्तरीय वायुसेवा कम्पनी फ्लाइ दुबईले आगामी सन् २०२६ सेप्टेम्बर २३ देखि दैनिक उडान सञ्चालन गर्ने अनुमति पाएको हो । उच्चस्तरीय सुरक्षा, सुरक्षित सञ्चालन र प्राविधिक निरीक्षण सम्पन्न भएपछि उक्त सेवा सञ्चालनको बाटो खुलेको हो । यससँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय...

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको २०३० सम्म अन्त्य, प्रशान्त महासागरमा खसालिने

काठमाडौँ । पृथ्वीबाट करिब ४०० किलोमिटर माथि विगत २५ वर्षदेखि मानव जातिको सबैभन्दा ठूलो अन्तरिक्ष प्रयोगशालाका रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र अब आफ्नो अन्तिम चरणमा पुगेको छ। अमेरिकी अन्तरिक्ष निकाय नासाले सन् २०२८ देखि प्रक्रिया सुरु गर्दै सन् २०३० भित्र यसलाई सुरक्षित रूपमा पृथ्वीमा खसाल्ने योजना सार्वजनिक गरेको छ। यसका लागि नासाले करिब एक अर्ब अमेरिकी डलर अर्थात्...

सुन एकैदिन तोलाको १० हजार एक सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको १० हजार १ सयले घटेर तोलाको २ लाख ९१ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख १ हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १८० रुपैयाँले घटेर तोलाको ४७४० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार...

महोत्तरीबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका-३ मालिवारा बजारबाट स्रोत नखुलेको १ लाख १७ हजार ६ सय ५० नेपाली रूपैयाँ र १ लाख ११ हजार ३ सय ५० भारतीय रूपैयाँ सहित सोही नगरपालिका-६ बासोपट्टी बस्ने ५५ वर्षीय अरूण कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी मालिवाराबाट खटिएको प्रहरीले भिठ्ठामोडबाट जलेश्वरतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।