नेप्से १९.३४ अंकले घट्यो, ५ अर्ब ७ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा सामान्य गिरावट आएको छ । आज मंगलबार नेप्से १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४७ कम्पनिका एक करोड ५१ लाख ९६ हजार ९८२ कित्ता शेयर ५ अर्ब ७ करोड ३५ लाख १८ हजार ६६२ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयर १४.९९ प्रतिशतले बढेको छ भने माउन्ट एभरेष्ट पावरको शेयर १४.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सगरमाथा जलविद्युतको शेयर १०.६३ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी अग्रिकल्चरल बन्डको ५० करोड ६८ लाख बराबरको कारोबार भएको छ भने सोलु हाइड्रोको ३९ करोड १४ लाख बराबरको कारोबार भएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।