काभ्रेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काभ्रे । काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा नम्बर नखुलेको बोलेरो जीप सडकबाट खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा जीपमा सवार हाल नाम, थर र ठेगाना नखुलेका दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य तीन जना गम्भीर घाइते भएका छन् । घटनास्थलमा उद्धारका लागि प्रहरी टोली र एम्बुलेन्स परिचालन गरिएको छ । दुर्घटनाको थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।