आजवाट  ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु हुदैँ

काठमाडौं, २६ साउन । नाडा अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आजवाट  ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु गर्दैछ।


साउन २६– ३१ गतेसम्म चल्ने यस एक्स्पोमा ५३ वटा ब्रान्डको सहभागिता रहनेछ भने ४० भन्दा बढी नयाँ सवारीसाधन तथा अटोसम्बन्धी उत्पादन सार्वजनिक गरिनेछ।


आगन्तुकको सुविधालाई ध्यानमा राख्दै सहज आवतजावत, पर्याप्त पार्किङ, टिकटमा ५० प्रतिशतसम्म छुट, फुड कोर्ट तथा अटो मोबिलिटीसम्बन्धी लर्निङ सेसनको समेत व्यवस्था गरिएको छ।


आयोजकका अनुसार एक्स्पोमा विद्युतीय तथा इन्धनबाट चल्ने सवारीसाधन, दुईपांग्रे, चारपांग्रे तथा अन्य अटोमोबाइल उत्पादनहरू प्रदर्शन गरिदैँछ ।
 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।