नेप्सेमा गिरावट, ३ अर्ब ६७ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आजपनि गिरावट आएको छ । आज सोमबार नेप्से ९.०४ अंकले घटेर २६४१.०५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५२ कम्पनिका एक करोड ९ लाख ६६ हजार ७४५ कित्ता शेयर ३ अर्ब ६७ करोड ४४ लाख १९ हजार ७६६ मा कारोबार भएको थियो । आज हाइड्रो, उत्पादन, माइक्रोफाइनान्स र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी कर्पोरेट विकास बैंकको शेयर ८.४७ प्रतिशतले बढेको छ भने दारमखोला हाइड्रोको शेयर ६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी रिलायबल समृद्धि योजनाको ९.७० प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी सोलु हाइड्रोको ४६ करोड ३७ लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको २९ करोड २७ लाख बराबरको कारोबार भएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।