तेहरान, ३१ असार। के इरानका पूर्वकट्टरपन्थी राष्ट्रपति महमुद अहमदिनेजादले इजरायली गुप्तचर संस्था ‘मोसाद’का लागि काम गरेका थिए ?
हालै अमेरिकी पत्रिका ‘द न्युयोर्क टाइम्स’ ले एक सनसनीपूर्ण खुलासा गर्दै दाबी गर्यो कि मोसादले उनलाई कैयौं वर्षसम्म आफ्नो ‘एजेन्ट’का रूपमा तयार पार्ने प्रयास गरेको थियो। यस खुलासाले इरानी राजनीतिमा हलचल मच्चाएको छ र पछिल्ला रिपोर्टहरूका अनुसार इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स’ लाई महमुद अहमदिनेजादलाई नजरबन्दमा राखेको छ।
समाचार अनुसार अहमदिनेजादलाई पुनः इरानको राष्ट्रपति बनाउने प्रयास गरिएको थियो, तर ती प्रयासहरू असफल भए। उनले अघिल्लो राष्ट्रपतीय निर्वाचनमा पनि आफ्नो उम्मेदवारी दर्ता गराएका थिए तर उनलाई चुनाव लड्ने अनुमति दिइएन। यो जानकारी यस्तो समयमा बाहिर आएको छ, जब इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः चर्किएको छ। समाचार अनुसार जब इजरायल र अमेरिकाले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण गरेका थिए, अहमदिनेजादका अंगरक्षकहरूले उनलाई उनको घरबाट सुरक्षित रूपमा बाहिर निकालेका थिए।
अब प्रश्न उठ्छ, अमेरिकी अधिकारीहरूले अहमदिनेजादबारे यति महत्त्वपूर्ण जानकारी किन सार्वजनिक गरे ? यो खुलासाले इरानका जनतालाई स्तब्ध बनाएको छ। यसैबीच, धेरैले टिप्पणी गरेका छन् कि यदि अहमदिनेजादले मोसादका लागि काम गर्न सक्थे भने कसैमाथि पनि विश्वास गर्न सकिँदैन र सम्भावित रूपमा जो कोहीले पनि उक्त एजेन्सीका लागि काम गरिरहेको हुन सक्छ।
द न्युयोर्क टाइम्सले जनाएअनुसार सन् २०२४ को सुरुतिर बुडापेस्टस्थित एक विश्वविद्यालयका रेक्टरले हंगेरी सरकारका एक उच्चपदस्थ अधिकारीबाट एउटा आश्चर्यजनक अनुरोध प्राप्त गरेका थिए। एक अधिकारीले रेक्टर प्राध्यापक गेर्गेली डेलीलाई ‘लुडोभिका युनिभर्सिटी अफ पब्लिक सर्भिस’ले जलवायु परिवर्तनसम्बन्धी एउटा सम्मेलन आयोजना गर्न र त्यसमा कसैले अपेक्षा नगरेको व्यक्तिलाई अतिथिका रूपमा आमन्त्रण गर्न सुझाव दिए। ती व्यक्ति थिए इरानका पूर्वराष्ट्रपति महमुद अहमदिनेजाद, एक यस्ता व्यक्ति जसलाई धेरैले मन पराउँदैनथे।
अझ आश्चर्यजनक त त्यो सुझाव पछाडिको कारण थियो। ती अधिकारीले बताए अनुसार वास्तवमा उक्त सम्मेलन बुडापेस्टमा इजरायली गुप्तचर एजेन्टहरूसँग गोप्य वार्ता गर्ने अहमदिनिजदको एउटा बहाना मात्र थियो जबकी इजरायल इरानको घोषित शत्रु हो।
अहमदिनेजाद इरानका पूर्वराष्ट्रपति आयतोल्लाह अली खामेनेईको अन्त्येष्टि समारोहमा सहभागी भएको देखिए। उनी मास्क र बाक्लो कोट लगाएका थिए र उनको वरिपरि धेरै सुरक्षाकर्मीहरू थिए। विभिन्न स्रोतहरूलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले जनाएअनुसार मोसादको यो योजना सन् २०२२ देखि नै चलिरहेको थियो, उनले यसमा सहयोग गर्नुको कारण विदेशी हस्तक्षेपलाई देशमा पुनः सत्ता हात पार्ने माध्यमका रूपमा हेर्नु रहेको विश्वास गरिन्छ। इजरायली सरकारसँग सम्पर्क रहेको आशंकामा इरानी सरकारले उनलाई नजरबन्दमा राखेको थियो।
इजरायली एजेन्टहरूसँग भेट्न युरोप जाँदा लाग्ने यात्रा र बसोबासको खर्च जुटाउन अहमदिनेजादले इजरायलबाट आर्थिक सहयोग प्राप्त गरेका थिए। यो विषय इजरायलका लागि कति महत्त्वपूर्ण थियो भने सन् २०२४ मा मोसादका तत्कालीन निर्देशक डेभिड बार्नियाले हंगेरीको राजधानीमा अहमदिनेजादसँग प्रत्यक्ष भेटसमेत गरेका थिए। न्युयोर्क टाइम्सका अनुसार पछि यस उच्च जोखिमपूर्ण योजनाबारे सीआईएलाई पनि जानकारी गराइएको थियो।
तर, जब इजरायल र अमेरिकाले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण गरे, अहमदिनेजाद यो योजनाबाट पछि हटेका हुन । उनले इजरायलको नियतमाथि शंका गर्न थाले र उक्त योजनालाई अव्यावहारिक ठान्न थाले।

