विद्युत कार्यालय धरानको गाडी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका २० स्थित कोशी लोकमार्गमा विद्युत कार्यालय धरानको बा १ ञ १६५१ नम्बरको गाडि अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन ।

गए राति करिब ११:४० बजे सेउती पुलबाट करिब २०० मिटर अगाडि तरहरातर्फ उत्तरबाट दक्षिण जाँदै गरेको उक्त गाडि दुर्घटनामा परेको हो ।

दुर्घटनामा चालक जिल्ला सुनसरी, धरान उपमहानगरपालिका १३ बस्ने ३३ वर्षीय बिर्खबहादुर राई र गाडीमा सवार जिल्ला सुनसरी, धरान उपमहानगरपालिका १६ बस्ने ४९ वर्षीय सुमन आचार्यको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा राति १२:४५ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृतक सवारी चालक बिर्खबहादुर राई बिद्युत बितरण केन्द्र धरानको करार चालक कर्मचारी रहेको र सुमन आचार्य धरान बिद्युत बितरण केन्द्रको हेल्पर (द्धितिय तह) मा कार्यरत रहेको खुलेको छ ।

त्यस्तै, घाईते जिल्ला सुनसरी, धरान उपमहानगरपालिका–२० बस्ने ३२ वर्षीय पवन राई बिद्युत बितरण केन्द्र धरानको करारको कर्मचारी रहेको र उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार भइ रहेको छ । प्रहरीले तिब्र गतिका कारण सवारी दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।