पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन (बागलुङ), ३० असारः पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी क्षेत्रमा आज बिहान खसेको पहिरोले लोकमार्ग अवरुद्ध भएको हो ।

सोमबारदेखिको अविरल वर्षाका कारण सडकमा ठूलो पहिरो झरेपछि लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा पोखरा, काठमाडौँ जाने सवारीसाधान चल्न सकेका छैनन् ।

काठमाडौँदेखि बागलुङको बुर्तिबाङ, रोल्पा, रुकुम, डोल्पालगायत पश्चिम नेपाल छुटेको यात्रीबस पनि सडकमै अलपत्र परेको प्रहरी नायब उपरीक्षक त्वातीले बताउनुभयो । सडकमा पहिरोसहित ठूलो ढुङ्गा अडिदा सडक खुलाउन केही समय लाग्ने देखिएको छ । उहाँले भन्नुभयो, “सडकमा ठूलो पहिरो खसेको छ, तत्कालै खुलाउन सकिने अवस्था छैन, यद्यपि खुलाउने प्रयास भइरहेको छ ।”

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।