पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

ढोरपाटन (बागलुङ), २९ असारः राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा आज बिहान लेदोसहितको पहिरो झरेपछि त्यस क्षेत्रको सडक अवरुद्ध भएको छ ।

पहिरोबाट सडकमा क्षति पुगेकाले त्यस क्षेत्रमा यातायात सञ्चालन समेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । पहिरो सडक क्षति भएको सडक खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । पहिलोका कारण सडक पूर्ण रुपमा अवरुद्ध हुँदा बागलुङको दक्षिण क्षेत्रमा चल्ने यातायात ठप्प छ । लेदोसहितको पहिरो बगिरहेको हुँदा सडक खुलाउन समस्या भइरहेको नायव उपरीक्षक त्वातीले जानकारी दिनुभयो । कोरिडोरको वैकल्पिक सडक नहुँदा सडक नखुल्दासम्म यात्रु त्यही रहनुपर्ने बाध्यता छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।