सवारी दुर्घटनामा युवतिको मृत्यु

काभ्रेपलाञ्चोक, १७ असारः अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–४ मा आज विद्युतीय गाडीले स्कुटलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट बाह्रबिसेतर्फ गइरहेको गाडीले बाटो पार गर्न लागेको स्कुटरलाई ठक्कर दिँदा त्यसकी चालक २४ वर्षीया मीनकुमारी श्रेष्ठको मृत्यु भएको हो ।

उक्त वाहन र त्यसका चालक कर्णबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।