पाकिस्तान नियन्त्रित कश्मिरमा सैनिक विमान दुर्घटनाः २२ जनाको मृत्यु

पाकिस्तान नियन्त्रित काश्मिरमा एक सैन्य हेलिकप्टर दुर्घटना हुँदा २२ जना सैनिकको मृत्यु भएको सुरक्षा स्रोतले बिहीवार जनाएका छन् । पाकिस्तान प्रशासित काश्मिरको मुजफ्फराबाद जिल्ला नजिकै सेनाको उड्डयन विभागको ’एमआई–१७’ (ःष्–१७) हेलिकप्टर दुर्घटना भएको हो। उक्त दुर्घटनामा एक कर्णेल र दुई मेजरसहित अन्य १९ जना सैनिक कर्मचारीको मृत्यु भएको छ ।

यसअघि, सेनाको सञ्चार शाखा ’इन्टर–सर्भिस पब्लिक रिलेसन्स’ (आईएसपीआर) द्वारा जारी विज्ञप्तिमा हेलिकप्टर उडान भर्ने क्रममा प्राविधिक गडबडीका कारण दुर्घटनाग्रस्त भएको उल्लेख गरिएको थियो ।

आईएसपीआरले भनेको छ, “दुर्घटनाको वास्तविक प्राविधिक कारण पत्ता लगाउन एक छानबिन समिति गठन गर्न आदेश दिइएको छ ।” पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले हेलिकप्टर दुर्घटनाप्रति गहिरो दुःख र शोक व्यक्त गर्दै दुर्घटनामा ज्यान गुमाउनेका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।
सिन्ह्वाको सहयोगमा तयार पारेको समाचार सामग्री । 

About the author

Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।