बस र ट्रक एकापसमा ठोक्किँदा ७ यात्रु घाइते

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–४ तारेभिरमा बस र ट्रक एकापसमा ठोक्किँदा ७ जना यात्रु घाइते भएका छन् ।

सोमबार बिहान करिब ६ बजे काठमाडौँबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ६८२३ नम्बरको बसको ब्रेक अचानक फेल भएपछि अगाडि गुडिरहेको लु २ ख ९४९ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करपछि बस सडकको बायाँतर्फ रहेको नालीमा खसेर दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा बसमा सवार ७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दाङ तुल्सीपुर–२ निवासी १८ वर्षीया अनिसा न्यौपानेको बायाँ खुट्टा भाँचिएको छ । अन्य ६ जनाको मुख, नाक तथा निधारमा सामान्य चोट लागेको बताइएको छ । सबै घाइतेको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

About the author

Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।