प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा, २४ जेठः पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन गुरुङले राजनीतिमा प्रतिपक्ष दलहरूले बिरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी गोरखाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै उहाँले राम्रो कामलाई प्रतिपक्षले पनि सहयोग गरेर अघि बढ्नुपर्ने बताउनुभयो । पूर्वगृहमन्त्री गुुरुङले देश बनाउन सबै मिलेर अघि बढनुपर्ने भन्दै रास्वपा देश बनाउन आएको पार्टी भएको उल्लेख गर्नुभयो ।

“राम्रो कुरालाई सबै दलले साथ दिनुप¥यो”, उहाँले भन्नुभयो, “विरोधका लागि विरोध गरेर मात्र हुँदैन ।” गोरखा क्षेत्र नं १ का प्रतिनिधिसभाका सांसद्समेत रहनुभएका उहाँले निर्वाचनमा आफूले गरेको बाचापत्र पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयोे ।

“मैले गरेको बाचा पहिला थियो, अहिले पनि छ भोलि पनि रहिरहनेछ”, उहाँले भन्नुभयो, “गोरखाले मलाई जिताएको फोटो खिच्न होइन, काम गर्न हो भन्ने बुझेको छु ।” पूर्वगृहमन्त्री गुरुङले निर्वाचन क्षेत्रका जनताको समस्यालाई समाधानका लागि छिट्टै सचिवालय स्थापना गरेर काम गर्ने उहाँको छ ।

जिल्लामा बजेट नपरेको गुनासो आफूलाई पटकपटक आएको भन्दै उहाँले आफ्नो थाल कति छ भनेर हेर्दा अरुको थालको घट्यो कि घटेन भनेर पनि हेर्नुपर्ने बताउनुभयो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।