रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

काभ्रेपलाञ्चोक, २४ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलान्चोक जिल्ला सभापतिमा प्रवीणकुमार ढकाल पुनः निर्वाचित हुनुभएको छ ।

तेह्र सदस्यीय कार्यसमितिमा सचिवबाहेक सबै सर्वसम्मतिमा चुनिनु भएको हो । अधिवेशनले उपसभापतिमा पुण्यमाता घिमिरे, सहसचिवमा प्रकाश तिमल्सिना तथा सदस्यहरुमा नवरान बोलखे, सरिता केसी, सुशीला खत्री, साजन श्रेष्ठ, विकास तोलाङ्गे नगेन्द्र डोटेल, जेनकुमार लामा, ताराबहादुर कुँवर र ङेमा लामालाई चयन गरेको छ ।

सचिवमा गुणनिधि सापकोटा निर्वाचित हुनुभएको छ । निर्वाचित जिल्ला सभापतिमा फेरि चुनिनु भएका ढकालले अविचलित रुपमा पार्टीलाई क्रियाशील तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पार्टी संसदीय दलका उपनेता गणेश पराजुलीले शनिबार अधिवेशन उद्घाटन गर्दै जनहितमा लाग्न कार्यकर्तालाई अनुरोध गर्नुभएको थियो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।